Top Headlines:

प्रधानमन्त्री सातदिने भ्रमणका लागि आज चीन जाँदै

१० चैत, काठमाडौं ।                प्रधानमन्त्री पुष्पकमल दाहाल सातदिने भ्रमणका लागि आज चीन जाँदै छन् ।   उनी बिहीबार राति ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उड्नेछन्।   बोआओ फोरमको सम्मेलनमा भाग लिन चीन जान लागेका प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, उपप्रधानमन्त्रीस्तरका नेता झाङ गाओलीलगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।    भ्रमणका क्रममा प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीमा नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।    दाहालले चैत १२ गते बोआओ सम्मेलनलाई सम्बोधन गर्ने छन् । प्रधानमन्त्री प्रचण्डले चिनियाँ शीर्ष नेता झाङसँग ११ चैतमा हँइनानमा द्विपक्षीय छलफल गर्ने छन् ।   तर भ्रमणका क्रममा चीनसँग कुनै सम्झौता नहुने बताइएको छ ।    उद्द्घाटनपछि उनले नेपाल-चीन सम्बन्धका विषयमा विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ ।  यसपालिको भ्रमणमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई फेरि नेपाल भ्रमणको निम्ता दिनेछन् ।