Top Headlines:

लण्डनमा आतंकारी आक्रमण: ४ जनाको मृत्यु

वेस्टमिन्स्टर अवस्थित बेलायतको संसद भवन बाहिर आतंककारी आक्रमण गरीएको समयमा बेलायती प्रधानमन्त्री थेरेसा मे २० मिटर मात्र टाढा थिइन भने बेलायती महारानी एलीजावेथ २ किलोमिटर टाढा रहेको बताइएको छ। प्रधानमन्त्रीका प्रवक्ताले थेरेसा सुरक्षीत रहेका बताएका छन्।

आतंककारीहरुले बेलायतको संसदभवन नजिकैको पुलको फूट्पाथमा हिडिरहेका पैदल यात्रुको भिडमा अन्दाधुन्द गाडी चलाएर आक्रमण गरेका थिए।

सुरक्षाा अधिकारीहरुले बताए अनुसार आक्रमणमा सुरक्षाा अधिकारी, दुइजना सर्वसाधारण र एक जना संदिग्घ आक्रमणकारीको मृत्यु भएको हो। हमलाकारीले संसद भवन बाहिर खटिएका प्रहरी माथि छुरा प्रहार गरेको थियो।

स्थानिय समय अनुसार दिउसो २ बजेर ४० मिनेटमा गरिएको उक्त आक्रमणमा ४ जनाको मृत्यु भएको छ भने २० जना घाइने भएको सुरक्षा अधिकारीहरुले बताएका छन्।