Top Headlines:

आज फाल्गुण कृष्ण चतुर्दशी अर्थात् महाशिवरात्री पर्व

आज महाशिवरात्री पर्व । हिन्दु धर्मावलम्बीहरुले आज देशभरका शिवालयमा पुगेर शिवको पुजा आराधना गर्दै महाशिवरात्री पर्व धुमधामका साथ मनाएका छन् । बिशेषगरी आज बिहानै दैखि साँझ सम्म काठमाडौको पशुपतिनाथमा दर्शनार्थीको भिड लागेको थियो ।
करिब १३ लाख भक्तजन पाशुपत क्षेत्रमा पुगेपनि दर्शन भने ६ लाखको हाराहारीले गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सःशुल्क वितरण हुँदै आएको विशेष पासमा रोक लगाएपछि यस वर्ष दर्शनार्थीले सजिलोसँग दर्शन गर्न पाएका हुन् ।
कोषले बिहान साढे तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका खोलिदिएर दर्शनार्थीलाई प्रवेश गराएको थियो। एक जना दर्शनार्थीले लाइन बसेको ३० देखि ४० मिनेटभित्रै भगवान शिवको दर्शन गर्न पाएको दावी कोषको छ। कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीका अनुसार मन्दिरको प्रांगणमा पुगेपछि चार वटा ढोकाबाट एक मिनेटमा चार सय दर्शनार्थीले दर्शन गरेर फर्किएका थिए ।
यसैविच शिवरात्रिको अवसरमा राष्टपति विद्यादेवी भण्डारीले काठमाडौंको पशुपति मन्दिरमा आज दर्शन गर्नुृभएको छ । आज साँझ करिब साढे पाँच बजे राष्ट्रपति भण्डारी पशुपति क्षेत्रमा पुग्नुभएको थियो । उहाँलाई पशुपतिक्षेत्र विकास समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए । राष्टपति भण्डारी मन्दिरमा पुजा आरधनाको समयमा भक्तजनको लागि मन्दिर प्रवेसमा केहि समय रोक लगाउनुका साथै त्यस परिसरको सुरक्षा ब्यवस्था कडा पारिएको थियो ।  यस्तै शिवरात्रिको अवसरमा पुर्व राजा ज्ञानेन्द्र शाहले पर्साको वीरगञ्जमा रहेको अलखिया मठमा विषेष पुजा गर्नुभएको छ । अघिल्लो वर्षको शिवर पशुपती मन्दिरमा विशेष पूजा गर्दैै आउनुभएका पूर्व राजा ज्ञानेन्द्रले यसपटक अलखिया मठमा गएर पुजा गर्नुभएको हो । उक्त क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ ।