Top Headlines:

स्थानीय निकायका कर्मचारी आन्दोलित

थानीय निकायमा कार्यरत कर्मचारीले आज एक घण्टा पेन डाउन गरेका छन् । सरकारले स्थानीय तह सञ्चालनका लागि कर्मचारी व्यवस्थापन गर्दा स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई अन्याय हुने गरी व्यवस्था गर्न लागेको भन्दै स्थानीय निकायका कर्मचारीहरुले आन्दोलन सूरु गरेका हुन ।
स्थानीय निकाय कर्मचारी संघको नेतृत्वमा आज देशभरीका स्थानीय निकायमा कार्यरत कर्मचारीले एक घण्टा पेन डाउन गरेको संघले जनाएको छ ।
स्थानीय निकाय कर्मचारी संघका ३ नम्बर प्रर्देशका अध्यक्ष गोपाल पोखरेलका अनुसार आफ्नो मागमा सरकारको ध्यानाकर्षणका लागि आज एक घण्टा पेन डाउन गरेको जानकारी दिनुभयो ।
त्यस्तै संघले भोली बिहान १० बजे देखि दिउँसो १ बजे सम्म पेन डाउन गर्ने र आगामी फागुन १ गते देशभरीका स्थानीय निकाय बन्द गर्ने घोषणा गरेको छ ।
संघले स्थानीय तह सञ्चालनका लागि आवश्यक कर्मचारी व्यवस्थापनमा स्थानीय निकायमा कार्यरत कर्मचारीलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरेको छ ।