Top Headlines:

आइफोनमा नेपाल टेलीकमको ४ जी यसरी चलाउनुस

अमेरिकी बहु चर्चित मोबाइल उत्पादक कम्पनि एप्पलले आफ्नो नयाँ आइओएस १०.३ को वेटा भर्सन रिलिज गरेसंगै अब नेपाल टेलिकमको फोरजी पनि आइफोनमा चल्ने भएको छ। धेरै को चासो अहिले आफ्नो आइफोनमा कसरी सेटिङ गर्ने भन्ने छ। अन्य मोबाइलमा जीपिआरएस, थ्रिजि जस्तो आइपि र प्रोक्सी सेटिङ आइफोनमा गर्नु पर्दैन।

आइफोन आफैले आफ्नो सफ्टवयरमा मोबाइल सेवा प्रदायक को सेटिङ आफै राख्छ र यस भन्दा पहिले नेपाल टेलिकमको नेटवर्क एड्रेस एप्पलले आफ्नो अपरेटिङ सिस्टम आइओएस(क्ष्इक्)मा नराखेका कारण यस अघि टेलिकमले सेवा सुरु गरे पनि आइफोनमा चलेको थिएन। अहिले रिलिज भएको एप्पलको नयाँ आइओएस १०.३ बेटा मा नेपाल टेलिकमको फोरजी नेटवर्क एड्रेस राखिएकाले आफ्नो आइफोनमा १०.३ अपडेट गरे पछी एनटिसिको फोरजी चलाउन सकिन्छ।

बेटा प्रोग्राम इनरोल नभएका आइफोनमा बेटा प्रोगाम रिलिज भए पनि अपेड नदेखाउने भएको हुदा तुरुन्तै ४जी चलाउन मन भए बेटा प्रोग्रामा इनरोल हुनु पर्छ। तर अहिले आएको आइओएस १०.३ बेटा भर्सन मा भएको हुदा यसलाइ अपडेट गर्न एप्पलको बेटा प्रोग्राममा आफ्नो आइफोनलाई इनरोल गराउनु पर्छ। तर बेटा भर्सन मन नपराउने हरुले केहि महिना भित्रै १०.३ को स्टेवल भर्सन आएपछी सजिलै आफ्नो आइफोन सेटिङमा गएर अपडेट गरी चलाउन सकिन्छ।

बेटा भर्सन भनेको पुर्ण सफ्टयर रिलिजहुनु भन्दा पहिले सफ्टवयरमा भएका कमजोरी गल्तिहरु पत्ता लगाउन र प्रयोगकर्ताहरुको सुझाव लिन एस्तो वेटा भर्सन रिलिज गरिन्छ। बेटा भर्सनमा भएका कमजोरी हरु समाधान गरि फाइनल प्रोग्राम अर्थात स्टेवल भर्सन पछी रिलिज गरीन्छ। अहिले आएको आइओएस १०.३ यस्तै बेटा भर्सन हो। तेसैले आफ्नो आइफोनमा बेटा भर्सन अपडेट गर्नु भन्दा पहिले आफ्नो आइफोनको व्ययाकअप राख्नु पर्छ ताकी कुनै समस्या आए पुरानै व्याकअपलाई प्रयोग गर्न सकियोस।

 

आईफोनलाई व्याकअप गर्ने तरीका यस्तो छ।

१.आफ्नो आइफोनलाई डाटाकेबल बाट कम्प्युटरमा कनेक्ट गरी आइट्युन एप्लिकेसन खोल्नुहोस।

२.आइफोनमा ट्रस्ट र डुनट ट्रस्ट देखाउ छ। ट्रस्ट अप्सन छान्नुहोस्।

३. यसपछी आइट्युनको फाइल मेनुमा भएको डिभाइस लाई सेलेक्ट गरी व्याकअपमा क्लिक गर्नुहोस्।

४. केहिमिनेट पछी उक्त आइफोनको ब्याकआ कम्प्युटरमा बस्छ।

आफ्नो आइफोनको पुर्ण व्याकअप राखिसके पछी अब बेटा प्रोगराममा इनरोल हुनु पर्छ। त्यसको लागि निम्न स्टेपहरु पुरा गर्नु पर्छ।

१. एप्पलको डिफल्ट एप्लीकेसन सफारी खोली त्यसमा बेटा=एप्पल=कम खोल्नुहोस।

२. आफ्नो एप्पल आइडि र पासवर्ड लेखी साइनइन गनुहोस्।

३. त्यहाँ म्याकओएस र आइओएस लेखेको देखिन्छ। आइओएसलाई छान्नुहोस्।

४. गेट स्टार्टेड भन्ने लाइनमा निलो अक्षरमा इनरोल योवर आइ.ओ.एस. डिभाइस लेखेको छ त्यसमा किलिक गर्नुहोस्। १ नंबर २ नंबर ३ नंबर मा स्टेपहरु लेखिएको छ। २ नंबरको अप्सनमा डाउनलोड प्रोफाइल लेखेको निलो बटनमा क्लिक गर्नुहोस।

५. अब अर्को विन्डोमा रिडाइरेक्ट भएर क्यान्सिल इन्सटल भन्ने देखाउछ इन्स्टल लाइ छान्नुहोस्। यदि तपाइले पासकोट राख्नु भएको छ भने त्यो माग्न सक्छ। आफ्नो पासकोड टाइप गरी फेरी माथिको इन्स्टल मा किलिक गर्नुहोस। फेरी तल इन्स्टल र क्यान्सिल देखाउछ। इन्स्टल लाइ छान्नुहोस।

६. अब विन्डोमा रिस्टार्ट र ल्यट नट नाउ देखाउछ, रिस्टार्ट भन्ने बटनलाई छान्नुहोस्।

७. अब मोबाइल रिस्टार्ट भैसके पछि सेटिङ को जनरल मा गएर सफ्टवयर अप डेट मा जानु भयो भने  आइओएस १०.३ पव्लिक बेटा २ देखिनेछ। यसलाई अपडेट गराउनु पर्छ। अपटडट हुन आफ्नो इन्टरनेटको गति अनुसार केहि घण्टा लाग्न सक्छ।