Top Headlines:

रोधी सिने अवार्ड भब्यरुपमा सप्पन्न

 
गत माघ २० गते नाचघर मा प्रमुख अतिथी स्वास्थ राज्यमन्त्री माननीय तारामान गुरुङ ले दिप प्रजलन गर्नु भै उद्घाटन भएको कार्यक्रममा नेपाली अनि गुरुङ भासाको रास्टृय गित बजाइएको थियो । गुरुङ सस्कृती सोरठी नाच बाट कार्यक्रम शुरूवात गरिएको थियो भने कार्यक्रम को आयोजक को तर्फ बाट निर्देशक प्रितम गुरुङ ले सबै प्रायोजक ,सहयोगि दाताहरु लाई मिडिया ,कलाकार सबैमा धन्यवाद दिनुभयो । बि स २०५८ सालबाट निर्देशन यात्रा शुरु गर्नुभएको प्रितम गुरुङ निर्देसित ४० फिल्म को अवार्ड मा , बि स २०५८ - ६८ सम्म लाई पहिलो खन्ड र बि स २०६९ - २०७३ लाई दोस्रो खन्ड भनेर बिभाजन गरिएको थियो । पहिलो खन्डमा उत्कृष्ट गित - रोशन गुरुङ ( फिल्म रोसै म्हि ) । उत्कृष्ट संगीत - दुर्गा गुरुङ ( फिल्म रोसै म्हि ) उत्कृष्ट कोरियोग्राफर - राजु गुरुङ ( फिल्म नानू ) उत्कृष्ट चरीत्र अभिनेता - रेशम गुरुङ ( फिल्म - नानू ) उत्कृष्ट नायक - सुबास गुरुङ ( फिल्म म्हि थेबा ) उत्कृष्ट नायिका सुनिता गुरुङ ( फिल्म नानू )
गुरुङ चलचित्र मा निर्माण ,अभिनय ,गित संगीत , भासा सस्कृती सम्बर्द्धन मा पुर्याउनु भएको योगदान को आधार मा विभिन्न बिशिस्ट ब्यक्ति लाई नगद सहित ताम्रापत्र बाट अभिनन्दन पनि गरियो । स्व- मन कुमारी गुरुङ स्मृति पुरस्कार - महेश गुरुङ । दिलिप सिङ गुरुङ / डन्ड कुमारी गुरुङ पुरस्कार - माओत्से गुरुङ । अ्मर सिङ गुरुङ / नरमाया गुरुङ पुरस्कार - कृष्ण गुरुङ । रुप बहादुर गुरुङ / शान्ति गुरुङ पुरस्कार - ओम प्रकाश गुरुङ । स्वा . हरिकला गुरुङ पुरस्कार - खेम गुरुङ । स्वा चोक बहादुर गुरुङ / लालु माया गुरुङ पुरस्कर - भिम गुरुङ । दुर्गा बहादुर गुरुङ / मिना गुरुङ पुरस्कार - बेद बहादुर गुरुङ । इन्द्र सिङ गुरुङ पुरस्कार - गमन घले । सन्त गुरुङ / कुमारी गुरुङ पुरस्कार - धर्मराज गुरुङ । पम्फा गुरुङ / दान बहादुर गुरुङ पुरस्कार - बिबेस बुढा मगर । उमा गुरुङ / बिजय हिराचन पुरस्कार - जसु गुरुङ । मीन बहादुर गुरुङ / मिना गुरुङ पुरस्कार - मान बहादुर लामा ( मामा ) लाई नगद ५५५५/- र ताम्रापत्र सहित फेदा लगाएर अभिनन्दन गरिएको थियो ।।
 
 
दोस्रो खन्ड को अवार्ड मा - उत्कृष्ट नायिका अनुता गुरुङ ( फिल्म - पाते २ ) नायक - बिरबल घले ( फिल्म लेकाली रु ) सह नायिका - अस्मि गुरुङ ( फिल्म अस्मिता ) सह नायक - डि बि गुरुङ ( फिल्म चह चहमे ) नव नायक - आनन गुरुङ ( ङोलो ङोल्स्यो ) रमेश बाबू थापा मगर ( सालिभेना ) । नव नायिका - डिम्पल मगर ( सालिभेना ) अनिता गुरुङ ( पाते २ ) ।नव क्याटोगोरी मा गुरुङ र मगर फिल्म को छुट्टाछुट्टै गरिएको थियो । कार्यक्रम को बिचबिचमा नायक नायिका बाट रमाइलो नाच सङै गायक गायिकाले गित प्रस्तुत गर्नु भएको थियो । अवार्ड मा लोकप्रिय नायक तारा बहादुर गुरुङ , उत्कृष्ट डान्सिङ हिरो प्रभु गुरुङ , उत्कृष्ट कमेडी हिरो आइतराम गुरुङ ले प्राप्त गर्नुभएको थियो । कार्यक्रम ३ घन्टा लामो चलेतापनी खोचाखोच दर्शक भने अन्त सम्म घटेको थिएन ।