Top Headlines:

अमेरिकाले भिसादिनुपुर्व आवेदकको फोन रेकर्ड र सोसल मिडिया पनि जाँच गर्ने

अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई पालना गर्न र अमेरिकालाई सुरक्षित बनाउन अमेरिकाले कुनै पनि सम्झौता नगर्ने होम ल्याण्ड सेक्युरिटी प्रमुखले बताएका छन्।

सोमबार प्रमुख जोन केलीले अमेरिकाको भिसा दिनुपुरर्व आवेदनकर्ताको ब्यक्तिगत गतिविधि जाँच गरिने बताएका छन्। ‘भिसा दिनु पुर्व अमेरिकाले ब्यक्तिको सोसल मिडियाको छानवीन, फोन रेकर्डको छानवीन, इन्टरनेटमा पोष्ट गरेका पोष्टहरुको छानविन गरेर मात्र भिसा दिन सक्ने छ।’

पत्रकारहरुसँगको कुराकानीमा होम ल्याण्ड सेक्युरिटी प्रमुख जोन केलीले सात वटा मुलुका नागरिकलाइ लगाइएका अमेरिका आउन वन्दीले उक्त देशका नागरिकहरुको भनाइ के छ भन्ने कुरालाइ पनि बाहिर ल्याउने बताएका छन्।

गएको शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेलगत्तै लागु गरिएको उक्त आदेशका कारण कतिपय मुलुकका नागरिकहरु फर्किनु परेको र कतिपय बैधानिक वसोवास गरिरहेका नागरिकहरुले पनि दुख पाएको भन्दै अमेरिकाका बिभिन्न एयरपोर्टहरुमा आन्दोलन गरिएको थियो।

जोन केलीले अमेरिका आउन वन्देज लगाइका मुलुकहरुलाई अमेरिकाले यस्तो सुचना दिइ सकेको र उक्त मुलुकहरुले उक्त सुचना आफ्ना नागरिकहरुलाइ दिन नसके उनिहरुका नागरिकहरुले दुख पाउन सक्ने बताएका थिए। ‘अमेरिका आउनेहरुको इतिहास र हामीले थाहाँ पाउन जरुरी छ। त्यसैले अमेरिकाको भिसा चाहनेको सोसल मिडिया जाँच पनि अमेरिकाले गर्न सक्ने छ। यो अमेरिकाको सुरक्षाको लागी हो।’

रोधी डिजिटल अवार्डको तयारी पूरा - संयोजक गुरुङ...........