Top Headlines:

इतिहास रच्न खोज्दैछन् निर्देशक प्रितम गुरुङ , को हुन् प्रितम गुरुङ ? ( फोटो फिचर सहित...)


गुरुङ चलचित्र जगतमा चलेको अनि आफ्नै ब्रान्ड बनाएको नाम हो प्रितम गुरुङ । बिगत २ दशक देखी गुरुङ फिल्म मै सक्रिय प्रितम को पछाडी थुप्रो विशेषण जोडिएको छ । पहिलो गुरुङ नायक , सबैभन्दा बढी रेकर्ड कायम गर्ने निर्देशक आदि इत्यादि । हुन पनि प्रितम ले गरेको काम अरुले गर्न सकेको छैन र सधै पहिलो भएर बसी रहे ।


पहिलो गुरुङ नायक
प्रितम गुरुङले नै पहिलो पल्ट बिदेश भुमि सिक्किममा फिल्म शुटिङ गर्नु भएको थियो जुन फिल्म ङोल्स्यो थियो । गुरुङ फिल्मको ईतिहासमा हङकङमा पहिलो पटक गुरुङ फिल्म प्रदर्शन वहांले नै गर्नु भएको थियो । वहां यस्तो ईतिहास रच्ने काम धेरै गर्नु भएको छ । त्यस मध्ये २० दिनमा २ फिल्म को छायांकन सक्ने निर्देशक पनि हुन वहां । ५ वटा गित र फाइट को दृश्य सगित २० दिनमा गुरुङ फिल्म आशेबा र पुन्टे साइला शुटिङ सकेको थियो । त्यस्तै ३ महिनामा ३ फरक भासाको चलचित्र निर्देशन पनि वहांले नै गर्नु भयो । बि स २०६३ मा अशोजमा यानिमाया (मगर भाषाको फिल्म ) कार्तिक मा रोसै म्हि ( गुरुङ भा भाषा ) मङ्सिरमा सोल्टिराजा (नेपाली भाषा ) । त्यस्तै गरि शुटिङ नजादै रिलिज डेट ( फिल्म अस्मिता ) । डबल रोल , फिल्म को सिक्वेल आदि जस्ता काम वहांले नै गर्नु भएको हो जो अरुले गुरुङ फिल्म मा गरेको छैनन् ।


अहिले आएर , निर्देशन को १५ बर्से करियरमा ४० फिल्म निर्देशन गरिसकेका छ्न भने आफ्नै फिल्म को अवार्ड रोधी सिने अवार्ड २०७३ गर्न तम्सिदै छन । नेपाल को हक मा यो पहिलो पटक नै हो भने विश्व बजारमा पनि यस्तो एकै निर्देशक को फिल्म को अवार्ड भएको पाइएको छैन । गिनीज वल्र्ड रेकर्ड मा पनि नाम लेखाउने प्रायसमा हुनुहुन्छ ।


गत बर्ष पहिलो ऐतिहासिक गुरुङ फिल्म अवार्ड मा लाइभ टाइम एचिभमेन्ट थापिसकेको प्रितम गुरुङ को रोधी सिने अवार्ड आफैमा नया अनि नौलो परिपाटीको शुरूवात हो, नेपाली अनि आदिवासी फिल्म जगतमा ।