Top Headlines:

इजरेलमा धमाका मच्चाउँदै डोमा भन्छिन् ,‘नेपाली दिदिबहिनीले गरेको माया देख्दा छक्कै परे’

ह्योल्मो समुदायबाट मूलधारको चलचित्र र संगीत क्षेत्रमा स्थापित बनेकी डोमा ह्योल्मो परिचित नाम हो । विभिन्न टेलिसिरियल तथा चलचित्रहरुमा उनले गरेको हिमाली पहिचान झल्कने किशिमको अभिनयको तारिफ नगर्ने कमै छन् । देउता, ढुकुटी लगायतका चलचित्रमा उनले निकै नै मन छुने अभिनय गरेकी छिन् । पछिल्लो पटक छक्का पन्जामा अभिनय गरे पछि त डोमा थप चर्चामा आएकी छिन् । छक्का पञ्जामा गरेको अभिनयका कारण आफु पछिल्लो समय चर्चामा रहेको उनले हालै इजरेलमा कार्यक्रम गर्न जाँदा थाहा पाइन् । कार्यक्रमका लागी विमानस्थलमा केही समय जहाजको प्रतिक्षा गर्न डोमा के बसेकी थिइन । उनलाई विमानस्थलका कर्मचारीले ‘तपाईँ त कलाकार डोमा ह्योल्मो होइन, ल हिड्नुस माथि गएर आराम गर्नुस’ भन्दै छुट्टै कोठामा राखेर जुस, पानी र विस्कुट सहितको सत्कार गरेछन् । अहिले कार्यक्रमका लागि इजरेलमा रहेकी उनले आफ्नो यो पछिल्लो ख्यातीको बारेमा फेसबुक मार्फत रेडियो उपत्यकालाई जानकारी गराइन् । चाइनीज नयाँ वर्षको अवसर पारेर त्यता पुगेकी डोमालाई नेपाली प्रशंसकले जता गए पनि घेरेको र फोटो खिचाउन अनुरोध गरेको देखेर अचम्मै लागेछ । भन्छिन् – ‘नेपाली दिदिबहिनीले इजरेलमा यत्ति धेरै माया गर्नुहुन्छ होला भनेर सपनामा पनि सोचेको थिइन ।’ उत्साहित हुँदै डोमाले थपिन–‘यो मायालाई जुनीभरी सँगालेर राख्नेछु ।’ बुधबार नेपाल फर्किन लागेकी डोमा दुई चार दिन नेपालमा आराम गरे पछि लगत्तै कार्यक्रमका लागि अमेरिकातर्फ उड्दैछिन । कार्यक्रममा देखिएको आफ्नो व्यस्तताबारे बोल्दै उनले भनिन्–‘अभिनय र गायन मेरो कला हो, यति उति भनेर मोल मोलाई गर्ने बानी छैन, दाजुभाई तथा दिदिबहिनीले सम्झेर बोलाउनु हुन्छ, जति दिनुहुन्छ लिन्छु तर प्रशंसकलाई निराश पार्दिैन ।’