Top Headlines:

'गोर्खा पल्टन'का खलनायकले जित्लान त पहिलो 'रोधी सिने अवार्ड २०७३'

काठमाडौँ १७ माघ – रोधी सिने अवार्ड बितरणको मिति नजिकीदै गर्दा तयारी भब्य रुपमा भइरहेको छ । सँगै प्रतिस्पर्धि कलाकारहरुबीचको होडबाजी पनि चर्कीदै गएको छ । एकै निर्देशकले निर्देशन गरेका ४० चलचित्रहरुबीच हुन लागेको प्रतिस्पिर्धालाई निकै चासोका रुपमा हेएिको छ । एकै जना निर्देशकले मात्र निदेर्शन गरेका चलचित्रहरुबीचमा यति धेरै बिधामा प्रतिस्पर्धा हुन लागेको यो नेपाल मै पहिलो पटक हो । हुन त प्रतिस्विपर्धी सबै उत्तिकै दाबेदार छन् । उनीहरुले उभिनय गरेका सबै चलचित्रहरु दर्शकहरुले निकै रुचाएका पनि छन् । तर पनि ती मध्यबाट उत्कृष्ट पाँच नायकका लागि नामिनेशनमा परेका नायकहरु यस्त छन्

१. बिरबल घले 

लेकाली फिल्म । बारपाकी मायामा एकोहोरो प्रेमी भेडी गोठालो को भुमिका दर्शकले मन पराएपछि बिरबल घलेले लेकाली फिल्म मा प्रोजेक्ट को हाकिमको भुमिका खेल्नु भएको थियो । फिल्ममा एकल महिला लाई साहरा दिने रोल ले दर्शक को मन जित्न सफल भएको थियो ।

२. बिनय लामा 

बहुचर्चित फिल्म गोर्खा पल्टनमा नेगेटिभ रोलमा अभिनय गरेका लामा, जिवनलिलामा मुख्य भूमिकामा फिल्म खेलेपछि चकलेटी नायक को रूपमा उदाएका छन् । उनले मुख्य भूमिका खेलेका जिवनलिलामा थुप्रो सम्पती भएको लाहुरे को एक्लो छोरा तर केही नपाउने पिडित छोराको भुमिका निभाएको छ । नेपाली फिल्म जिवनलिला दर्शक ले पनि खुबै मन पराइएको फिल्म मा पर्छ ।

३.खिल बहादुर गुरुङ 

बारपाकी माया । सोझो सरल भुमिका जो पुर्ब बाट पश्चिम गुरुङ भासा सस्कृती अनुसन्धान मा जान्छ अनि प्रेममा पर्छ । यस्तो भुमिकामा देखिएको छ ।

४. तारा बहादुर गुरुङ 

अस्मिता जस्को धन छैन उसको नाम धने ! यहि सम्बाद खुब चलेको थियो फिल्म अस्मिता रिलिज पछी । गरिब भुमिका निभाउनु भएको तारा बहादुर गुरुङ यो भुमिका मा खुबै जमेको छ । गाउले अनि सोझो धने क्यारेक्टर ,साची राम्रो गर्नुभएको छ ।

५. डि बि गुरुङ –पुन्टे साइला 

कमेडी बेसमा रहेको यश फिल्ममा डि बि गुरुङ अरब बसेर फर्किएको गफाडी अनि घरमा स्वास्नी हुदाहुदै अर्को ल्याएपछि समस्य मा पर्ने भुमिका मजाले निभएको छ । सबै नायकहरु उत्कृष्ट भएर नै टप ५ मा पर्न सफल भएको हो ।