Top Headlines:

काठमाडौँ कुलेश्वरको एक घरमा भिषण आगलागी जारी

काठमाडौँ, १६ माघ, काठमाडौँको कुलेश्वरमा अहिले साँझ भिषण आगलागी भइरहेको छ । कुलेश्वरको गणेश मन्दिर नजिक एक घरमा ग्याँस लिक भएर आगलागी भएको जानकारी प्राप्त भएको छ । दुईवटा दमकल, नेपाल प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । घटनाको विस्तृत विवरण आइसकेको छैन ।  तस्विर: प्राप्त भइनसकेकोले सांकेतिक प्रयोग गरिएको हो