Top Headlines:

रक्षा मन्त्री - नेपाली सेना अर्को देशको झण्डामा शान्ति सेना जाँदैन

क्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेना कुनै पनि देशको झण्डामा अन्तर्राष्ट्रिय शान्ति सेनामा नजाने बताएका छन्। रूपन्देहीको तिलोत्तमा वडा नम्वर ७ मा नेपाली कांग्रेसद्धारा निर्मित बिपी स्मृति भवनको उद्घाटन गर्दै मन्त्री खाँणले नेपाल कुनै पनि देशको उपनिवेश नभएको र स्वतन्त्र राष्ट्र भएकाले कुनै देशको झण्डामुनि रहनेगरी अन्तर्राष्ट्रिय शान्ति सेनामा सहभागी नहुने स्पष्ट पारेका हुन्। अन्तर्राष्ट्रिय शान्ति सेनामा पनि नेपालले खेलेको भूमिका उल्लेखनीय भएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय शान्ति सेनामा जहिलेसम्म नेपाली सेना जान्छ त्यतिबेलासम्म नेपालको राष्ट्रिय झण्डामुनी मात्र रहने बताए। नेपाली सेना नेपालको राष्ट्रियता प्रति पनि त्यत्ति नै सम्वेदनशिल भएको उल्लेख गर्दै उनले नेपाली सेनाले नेपालको राष्ट्रियतामा आँच आउन नदिने दावी गरे। नेपालको राष्ट्रियता कमजोर बनाउन लाग्नेहरुका बारेमा रक्षा मन्त्रालयमा रिपोर्ट आइरहेको उल्लेख गर्दै मन्त्री खाँणले तिनीहरू सफल हुन नसक्ने बताए। प्रतिपक्षी दल नेकपा एमालेले पञ्चायतले दलहरुलाई अराष्ट्रिय तत्व भने जस्तै आफू मात्र राष्ट्रवादी भएको दाबी गर्नु असोभनीय भएको बताए। उनले संविधान कार्यान्वयनका लागि प्रमुख दलहरुबीच एकता कायम गर्दै निर्वाचनमा जानुको बिकल्प नभएको बताए।