Top Headlines:

मीरा राई विश्वकै साहसी वर्ष व्यक्ति घोषित

अल्ट्रा धाविका मीरा राई  विश्वकै साहसी वर्ष व्यक्ति घोषित भएकी छन् । एड्भान्चर टेलिभिजन च्यानल ‘नेशनल जोग्राफिकको ‘एड्भान्चर अफ दी इयर २०१७’ को अवार्ड नेपाली चेली मिरा राईले जितेकी हुन् । अल्ट्रा म्याराथन धाविका मीराले विश्वका नौ जना साहसिक व्यक्तिलाई अनलाइन भोटिङमापछि पार्दै अवार्ड हात पारेको नेसनल ज्योग्राफिक च्यानलले जनाएको छ ।
नेपाली धाविका मीरासँगै यो प्रतिस्पर्धाका लागि १० जना मनोनयनमा परेका थिए । गत १२ वर्षदेखि सञ्चालन हुँदै आएको साहसिक प्रतिस्पर्धामा अन्वेषण, संरक्षण तथा मानवीय क्षेत्रका उत्कृष्ट काम र साहसिक खेलमा सहभागी व्यक्तिको नाम छनोट गर्ने गरिन्छ ।
भोजपुरमा जन्मिएकी २९ वर्षीया मीरा किशोर अवस्थामा नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वमा सहभागी भएकी थिइन । लामो समय माओवादीमा लडाकु भएर काम गरेरकी मीरा माओवादी शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजन प्रक्रियामा अयोग्य ठहरिएकी थिइन् ।
मीरा गत वर्षमात्र फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा पहिलो भएकी थिइन् ।