Top Headlines:

निर्वाचनका लागि तयार रहन सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख अन्तिम साता स्थानीय निकायको निर्वाचन हुने दाबी गर्नुभएको छ । पाँचौ पर्वत महोत्सवलाई आज सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै उहाँले निर्वाचनसम्बन्धी विधेयक संसद्बाट पारित भइसकेपछि निर्वाचनको मिति घोषणा गर्ने तयारीमा आफू रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले माघ १५ गतेभित्र निर्वाचनको मिति घोषणा भएमा वैशाख अन्तिम सातासम्म चुनाव गर्न सकिने भएकाले दुई÷तीन दिनभित्रमा चुनावको मिति घोषणा हुने दाबी गर्नुभयो । उहाँले माघ १५ गतेभित्र निर्वाचनसम्बन्धी विधेयक पारित गरिसक्न आफूले सम्बन्धित समितिलाई आग्रह गरिसकेको पनि बताउनुभयो ।
यसैबीच प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचन गराउन सरकार तयार रहेको बताउनु भएको छ । उहाँले वर्तमान सरकारको जिम्मेवारीे निर्वाचन गराउने र संविधान कार्यान्व्यन गर्ने रहेकाले त्यसमा आफू लागीपरेको जानकारी दिनुभयो । कास्कीको पोखरामा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई संवोधन गर्दै प्रधानमन्त्री दाहालले आगमी दिनमा सरकारले घोषणा गर्ने निर्वाचनलाई सफल पार्न पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री दाहालले मुलुकमा दाहोरिरहने विपद्का घटनाबाट हुन सक्ने जनधनको क्षति न्युनिकरणका सन्र्दभमा तत्काल खोज, उद्धार र राहत दिने कार्यमा समेत सदै तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।
सो कार्यक्रममा उपप्रधान तथा गृहमन्त्रि विमलेन्द्र निधिले देशको समृद्धि, सुशासनका साथै राष्ट्रिय अखण्डताको जर्गेनाका लागि सशस्त्र प्रहरीको भूमिका महत्वपुर्ण हुने बताउनुभयो ।