Top Headlines:

‘नेपाल चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर’

प्रधानमन्त्री पुष्पकमल दाहालसँग अन्तर्रा्ष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)का अध्यक्ष मेङ होङवेले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेपालको प्रहरी सङ्गठनको सुदृढीकरणमा इन्टरपोलले गरेको सहयोगप्रति प्रधानमन्त्रीले होङ्वेलाई धन्यवाद दिनुभयो । चीनका उपमन्त्रीसमेत रहनुभएका अध्यक्ष होङवेसँगको भेटमा प्रधानमन्त्री दाहालले नेपाल र चीन पुराना असल छिमेकी रहेको भन्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले नेपाल चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको बताउँदै भारतको गोवा भ्रमणका क्रममा त्रिदेशीय रणनीतिक साझेदारी र व्यापारिक सम्बन्धबारे आफू, चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच निकै सकारात्मक छलफल भएको स्मरण गराउनुभयो ।
भेटका क्रममा इन्टरपोलका अध्यक्ष होङवेले नेपाल प्रहरी सुदृढ र व्यावसायिक प्रहरी सङ्गठन रहेको बताउँदै नेपाल प्रहरीलाई थप सबल बनाउन इन्टरपोलको तर्फबाट सदैब सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । होङवेले नेपालको एक चीन नीतिप्रति धन्यवाद व्यक्त गर्दै फ्रान्समा रहेको इन्टरपोलको मुख्यालय भ्रमण गर्न प्रधानमन्त्रीलाई निमन्त्रणा गर्नुभयो । होङवेले आफू इन्टरपोलको अध्यक्षमा निर्वा्चित हुँदा नेपालले गरेको समर्थन र सहयोगप्रति धन्यवाद दिनुभयो ।
यसैबिच इन्टरपोलको २३ औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा भाग लिन नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाि भेटवार्ता गरेको छ ।