Top Headlines:

सरकारले पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्तीमा नेताहरुको भनाइ

सरकारले पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्ती नमनाए पनि नागरिक स्तरबाट आज विभिन्न कार्यक्रम गरि मनाइएको छ । एकता दिवसको रुपमा पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएक विभिन्न राजनीतिक दल, सङ्घ संस्था र सर्वसाधरणले भव्य कार्यक्रम गरेर पृथ्वीनारायणको योगदालाई स्मरण गरेका हुन् । दिवसको अवसरमा सिंहदरबार मूलद्वार अगाडि रहेको उनको सालिकमा माल्यार्पण गर्दै विभिन्न सङ्घ संस्थाका प्रतिनिधि र राजनीतिक दलका नेताले सरकारले उनलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

पृथ्वीजयन्तीको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले आज राजधानीमा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताउनु भयो । बलियो केन्द्रित राज्य निर्माणमा पृथ्वीनारायण शाहले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उहाले उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले दलहरुबीच समान धारणा नहुँदा सरकारले पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन नसकेको पनि स्पष्ट पर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा पृथ्वीजयन्तीमा बिदा दिन खोजेको तर अहिले सरकारको नेतृत्व गरेको दलका कारण बिदा दिन नसकेको खुलासा गर्नभयो । राष्टिय एकता र सदभाबलाई राष्ट्रको हित अनुकुल हुने गरि प्रयोग गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रियतालाई बहसको विषय नबनाउन आग्रह गर्नभयो । सिंगो नेपाल बनाउन पृथ्वी नारायण शाहको अहम भुुमिका रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता केसीले पृथ्वीनारायण शाहले ‘प्लटिङ गरिएको मुलुक एकीकरण गरेकोमा अहिले फेरि प्लटिङ गर्ने कोसिस भइरहेको’ टिप्पणी गर्नुभयो । यस्तै, राप्रपाका अध्यक्ष कमल थापाले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसकोरुपमा मनाउन र सार्वजनिक बिदाका लागि आफूहरुले लामो समयदेखि प्रयास गरे पनि सफलता हात लाग्न नसकेको भन्दै दुःख मनाउ गर्नुभयो ।

चियापानमा प्रधानमन्त्री दाहाल, एमाले ओलीसहित, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, प्रधानसेनापति राजेन्द्र क्षत्री तथा सैनिक अधिकृतहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका बहालवाला तथा भूपू अधिकृतहरु तथा पूर्वमन्त्रीहरु सहभागी थिए ।
त्यसअघि, राप्रपाको टोलीले पनि सिंहदरबारअगाडि पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो ।