Top Headlines:

सामुदायिक रेडियो प्रशारक संघको अध्यक्षमा खतिवडा विजयी

सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रशारक सघ नेपाल (अकोराब) ले नयाँ नेतृत्व चयन गरेको छ । काठमाडौंमा भएको १२ औ साधारणसभा तथा छैठौं अधिवेसनमा सुवास खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । आज बिहान सकिएको मतपरिणामबाट आफ्ना निकटतम प्रतिद्धन्दी किशोरजंग थापालाई हराउँदै खतिवडा अध्यक्षमा विजयी हुनु भएको हो ।
खतिवडाले कूल खसेको मतको १४२ मत प्राप्त गर्नु भएको छ भने थापाले १ सय ३२ मत ल्याउनु भएको छ । अधिवेसनका लागि प्रतिनीधि चुनिएका कूल २ सय ८७ मध्ये २ सय ७६ मत खसेको थियो । बरिष्ठ उपाध्यक्षमा होम पाठकलाई हराउँदै अर्जुन गिरी निर्वा्चित हुनु भएको छ ।
पाठकले १ सय ३० मत प्राप्त गर्नु भएको छ भने विजयी गिरीले १ सय ४० मत ल्याउनु भएको थियो । त्यस्तै महासचिवमा गोविन्द देवकोटा १ सय ३६ मत प्राप्त गरि विजयी हुनु भएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा रहनु भएका पिताम्बर सिग्देलले १ सय २८ मत ल्याउनुभयो ।
देवकोटा यसअघि पनि महासचिव नै हुनुहुन्थ्यो । त्यस्तै सचिवमा बन्दना दनुवार १ सय ४२ मत प्राप्त गरि विजयी हुनुभयो भने भने तुला अधिकारीले १ सय १९ मत ल्याउनुभयो । त्यस्तै कोषाध्यक्षमा लक्षणम खड्का १ सय ३५ मत प्राप्त गरि विजयी हुनुभएको छ । खड्काले सुदर्शन खतिवडालाई ६ मतको अन्तरले हराउनु भएको हो ।
अधिवेशनले २९ सदस्यीय केन्द्रीय कार्य समिति र ११ सदस्यीय प्रदेशस्तरीय समिति पनि चयन गरेको छ ।