Top Headlines:

टेलिकमको फोर जी १ एमवीको ४ पैसा

नेपाल टेलिकमले सस्तोमा फोर सेवा उपलब्ध गराएको छ। फोर जी सेवा सुरु गरेको अवसरमा टेलिकमले सस्तो रुपैयाँमा सेवा उपलब्ध गराउने घोषणा गरेको छ। १ एमवीको ४ पैसामा उसले नयाँ अफर ल्याएको छ। ३ हप्ताका लागि मात्र यो अफर ल्याइएको टेलिकमले जनाएको छ।
 
नेपाल टेलिकमले थ्रि जी १ एमवीको १ रुपैयाँ लिदैँ आएको थियो। ३ हप्तापछि भने थ्रि जी कै मूल्यमा सेवा प्रदान गर्ने उसले घोषणा गरिसकेको छ।
 
 
फोरजी थ्रिजीको परिष्कृत चौथो पुस्ताको ताररहित मोबाइल दुरसञ्चार प्रविधि हो। यो प्रविधि लङ टर्म इभोलुसन (एलटिङ) स्टाण्डर्डमा सन २००८ को नोभेम्वरमा एचटिसी कम्पनीले पहिलो फोरजी चल्न सक्ने मोवाइल फोन आविस्कार गरेको थियो।
 
लिथुनियाको एलटिआरसीले बाल्टिक क्षेत्रमा पहिलो पटक फोरजी मोबाइल वाइम्याक्स नेटवर्क जडान गरिए पनि सन् २००९ देखि नर्वेको ओस्लो र स्विडेनको स्टकहल्मबाट मात्र व्यवसायिक रुपमा सुरुवात भएको थियो।
 
इन्टरनेसनल टेलिकम्युनिकेसन युनिट (आइटियु) को मापदण्ड अनुसार फोरजीमा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, थ्रिडी टेलिभिजन लगायतका सेवाहरु फोरजीको एप्लिकेसनले सर्पोट गर्ने छ।