Top Headlines:

गुरुङ समुदायहरुको सास्कृतिक पर्व तमु ल्होसार आज समापन हुदै

गुरुङ समुदायहरुको सास्कृतिक पर्व तमु ल्होसार आज धुमधामका साथ मनाईएको छ । आजको दिनलाई नयां बर्षका रुपमा मनाउदै आएका गुरुङ्ग समूदायले तमु ल्होसारका अवसरमा विशेष हर्षका साथ बाँदर वर्गलाई बिदाइ गर्दै चरा वर्गलाई स्वागत गरेका छन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो । तमु संस्कृतिअनुसार चरालाई शान्तिको प्रतीक मानिने भएकाले पुस १५ गते आजदेखि शान्तिमय समय सुरु भएको खुसीयालीमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाईएको हो ।  ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित रहेको छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको छ । उता सुदुरपश्चिममा बनभोज गएर मिठामिठा परीकार खाने चलन रहेको छ ।

गुरुङसेनी नानि हरु फोटो लिदै

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधता भएको मुलूक भएको बताउनुभएको छ । तमु ल्होसारको अवसमरमा आज काठमाडौको टुँडिखेलमा आयोजित कार्यक्रममा उहाले यस्तो देश नेपालमा सबैको पहिचान र अधिकार स्थापित गरेमात्रै राष्ट्रिय एकता बलियो हुने बताउनुभएको हो । संस्कार र संस्कृति राष्ट्रिय पहिचान भएको भन्दै उहाले आफु राष्ट्रिय एकता र पहिचानको पक्षमा निरन्तर लागिपरेको प्रधानमन्त्रि दाहालले जानकारी दिनुभयो । सबै जाति, भाषा, धर्म र लिङ्गको एकता र अधिकारको पक्षमा रहेको भन्दै उहाले गुरुङ जातिकै मान्छे प्रधानमन्त्री हुने दिन पक्कै आउने बताउनुभयो ।