Top Headlines:

सीता रानामगरले मैदानमै देखाइन माझी औला

सीता रानामगर विगत लामो समयदेखि नेपाली महिला क्रिकेट टोलीबाट खेलिरहेकी छिन्। उनलाई आफ्नो आदर्श मान्ने थुप्रै महिला खेलाडी छन्, नेपालमा। तर, नेपालकी यी प्रारम्भिक ब्याट्सवुमनले आफ्नो इज्जतमा आफैं धक्का लाग्ने काम गरेकी छिन्।

मंगलबार पूर्वाञ्चलविरुद्ध फाइनल खेलमा जीत नजिकै पुगेर खेल बहिस्कार गरेको एपिएफबाट खेलिरहेकी सीताले विपक्षी खेलाडीमाथी मैदानमै माझी औला देखाइन्। उनको नौलो रुप देखेर मैदानमा उपस्थित सबै दर्शक छक्क परे।

उनको व्यवहारले उनी मात्र होइन, उनी आबद्ध सशस्त्र प्रहरीको एपिएफ क्लब पनि आलोचनामा घेरिएको छ। उनीसँगै मैदानमा अभद्र रुपमा प्रस्तुत हुनेमा कप्तान बीनु बुढामगर, सरिता रानामगर र सोनु खड्का पनि थिइन्। अझ, रितु कनौजियाले विपक्षी खेलाडीलाई अपमानित गर्दै पैसाको धम्की दिएकी थिइन्। उनले खेल मैदानमा उपस्थित मिडियाकर्मीहरुको सामु पूर्वाञ्चलको खेलाडीलाई अपमानित गर्न पैसाको रवाफ देखाइन्।

‘तिमीहरुलाई पैसा चाहियो भने हाम्रो तलबबाट पैसा दिन्छौ,’ उनले मैदानमा सबैलाई होच्चाउदै भनेको कुरा भिडियो फुटेजमा बन्द भएको छ।

एपिएफका यी खेलाडीहरुको अनुशासनहीन व्यवहार देखेपछि पदक बाड्न आएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्ट बीचैबाट निस्किएका थिए।

राष्ट्रिय खेलकुद परिषद्को अनुगमन कमिटीले यो घटनाको निष्पक्ष छानबिन गर्ने बताएको छ। पत्रपत्रिकामा आएको तस्बिर र भिडियो फुटेजको अनुसन्धानपछि के कति कारबाही गर्ने हो तय गर्ने छौ,’ परिषद्को अनुगमन टोलीका एक सदस्यले सेतोपाटीसँग भने।