Top Headlines:

आज सार्वजनिक विदा

सरकारले आज (आइतबार) क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

क्रिश्चियन समुदायको चर्को दबाबपछि सरकारले क्रिसमसको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहाकार रामजी दाहालले सेतोपाटीलाई बताए।

‘शनिबार मन्त्रिस्तरीय निर्णयबाट क्रिसमसको अवसरमा भोलि सार्वजनिक बिदा निर्णय भएको हो,’ दाहालले भने।  

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सरकारी क्यालेन्डर बनाउनेक्रममा क्रिसमसको बिदा क्रिस्चियन धर्मावलम्बीहरुका लागि मात्र दिने निर्णय गरेको थियो।