Top Headlines:

दलाई लामालाई मंगोलियामा भ्रमण प्रतिवन्ध

पछिल्लो समय दलाइ लामाले गरेको मंगोलिया भ्रमणको बिषयलाइ लिएर चिनले मंगोलियाको बिरोध गर्दै सिमा चौकिहरु समेत बन्द गरेर दवाव दिएपछि मंगोलियाले अब घर्म गुरु दलाई लामालाइ मंगोलिया भ्रमण गर्न नदिने बताएको छ।

चिनको सम्वन्धलाई बिगार्न नचाहेको बताउँदै मंगोलियाले ‘अब आइन्दा दलाइ लामालाई मंगोलिया भ्रमण गर्न नदिने’ बताएको छ।

मंगोलियाका बिदेश मन्त्री त्सेन्द मुखओर्गिलले दलाइ लामाको धार्मिक उदेश्यकालागी अव मंगोलिया भ्रमणमा स्वीकृती नदिने बताएका छन्। चिनले आपत्ती जनाइरहेकाबेला धर्म गुरु दलाई लामाले मंगोलिया भ्रमणकाक्रममा बौद्धगरुहरुलाई भेटेका थिए।

चिनले घर्म गुरु दलाइ लामाले एक चिननितिलाई बिगार्न खोजेको आरोप लगाउँदै आएको छ। सन १९५९ मा तिब्बतबाट निकालिएपछि दलाई लामा भारतमा निर्वासित वसोवास गर्दै आएका छन्।