Top Headlines:

पटाखा को अव्यवास्थित् बजारले मेक्सिको सिटी ध्वस्त, ३२ को मृत्यु

क्सिकोको राजधानी मेक्सिको सिटीमा स्थित टुल्टेपकको पटाखा बजारमा भएको आगलागीमा ३२ जना मारिएका छन् ७० भन्दा बढी घाइते भएको स्थानिय समाचार माध्यमहरुले बताएका छन्।

पटाखा बेच्ने बजारमा लागेको आगोका कारण ठुलो बिष्फोट भएको थियो। आगलागी भएका बेला उक्त स्थानिय बजारमा ठुलो सँख्यामा ग्राहकहरुको उपस्थित हरेको बताइएको छ। नयाँ बर्षका मनाउनकालागी पटाखा किन्नेहरुको भिडले बजार भरिएका बेला भएको आगलागीबाट स्थानिय आकाश धुवाले भरिएको थियो।

ढिला गरि आएका सरकारी उद्दार कर्मीको तिब्र आलोचना गरिएको थियो। घटनाको तिन घन्टापछि आएका उद्दारकर्मीले बताएका छन् 'आगो बलिरहेका कारण उद्दार गर्न कठिनाइ भएका हो। उद्दार टोली ढिला आएको होइन।'

घटनामा मर्नेको सँख्या अझ बढन सक्ने बताइएको छ।