Top Headlines:

कुलमान घिसिङलाई असहयोग गरेको भन्दै प्राधिकरण सञ्चालक समितिका तीन सदस्य बर्खास्त

उर्जा मन्त्री जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गरेको भन्दै  प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई बर्खास्त गरेका छन् । 

मन्त्री शर्माले कार्यकारी निर्देशक घिसिङलाई लोडसेडिङ घटाउन मद्दत गर्नुको साटो अवरोध गरेको भन्दै उनीहरुलाई सोमबार बर्खास्त गरेका हुन् । 

उर्जा मन्त्रीस्तरीय निर्णयबाट सञ्चालक सदस्य लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेले बुझाएको स्पष्टिकरण चित्त बुझ्दो नभएपछि हटाइएको जनाइएको छ ।  

लोडसेडिङ मुक्त बनाउने अभियानमा घिसिङलाई असहयोग गरेकाे दाबी गर्दै मन्त्रालयले उनीहरुलाई स्पष्टिकरण मागेको थियो ।