Top Headlines:

बेलायत सेनाका सबै भन्दा सफल व्यक्ति हितमान गुरुङ ,( दीपक गुरुङ संग गरिएको बिशेष कुराकानी)

बेलायत  सेनामा लगभग ३८ वर्ष सेवा गरि अवकाश जीवन बिताउने समयमा पनि  अझै आफ्नो काम गर्ने चाहनालाई पुरा गर्नको लागि भरतपुर स्थित ब्रिटिश वेल्फिएर मा कार्यकारी प्रमुखका रुपमा काम गरि रहेका र आफ्नो जीवनको सिपाही जीवन कालमा सबै भन्दा सफल सिपाही मानिने दुई पटक सम्म गोर्खा मेजर बन्न  सफल भुत पूर्व गोर्खा मेजर हितमान गुरुङ संगको बिशेष कुराकानी

सन्चै हुनुहुन्छ?

हजुर भाई, लगभग ३८ बर्ष बेलायत सेनामा सेवा गरि, गएको जुन महिनामा सेवा अनाबृद्धि भयो, त्यस पछि म अहिले भरतपुर स्थित ब्रिटिश वेलफिएरमा अरिया इन्चार्जको रुपमा काम गर्दैछु

तपाइको बाल्यकाल कस्तो थियो?

हजुर, मेरो गाउँ त चिलंग हो तर जन्म चाही मेरो मामुली गाउँ सिक्लेस मा भयो र मेरो एस एल सी सम्मको पढाई पोखरा मा भयो र एस एल सी पास भए पछी म बेलायती सेनामा भर्ति भए, कलिलो उमेरमा

 

तपाई भर्ति भए पछी, तपाइले कहिले सोच्नु भएको थियो ? तपाई गोर्खा मेजर सम्म हुन्छ भनेर तेही पनि दुई दुई चोटी?

त्यो बेलामा त सोचेको थिएन, तर जुन तरिकाले मैले भर्ति भए पछी अध्यन गर्नु पर्यो नि त्यो बेला त केहि त हुन्छ होला भनेर दिमागमा आउथ्यो हुन त म गुरुंग परिवारको भए पनि म चाही हाम्रो परिवार पहिलो बेलाएती सेनामा भर्ति भएको.

तपाइको अनुभवमा के भर्ति हुनलाई आफ्नो बाबा अथवा अरु कोहि आफन्त हुनु पर्छ?

हजुर भाई, हाम्रो पालोमा यस्तो थियो, अहिले जस्तो गाह्रो प्रतिस्पर्धा थिएन तर पनि तपाइले भन्नु भहेको जस्तो आफ्नै बाबा तथा  आफन्त हुनुपर्छ भन्ने त्यो चाही हुनु पर्छ जस्तो लाग्दैन किनभने सबै काम आफै गर्नु पर्ने भएकोले आफन्त तथा पैषाले मात्र केहि हुदैन

जस्तै बेलाएती सेनामा प्राय सबै गुरुङ, मगर,राई, लिम्बु हरु मात्रै हुन्छ भन्छन, यस्तो किन भएको होला ?

यस्तो हो, हामीले पहिला ईतिहास हेर्नु पर्छ. जुन बेला पहिलो विश्व युद्ध दोस्रो विश्व युद्ध भयो त्यस समयमा तपाइले भन्नु भएको समुदायलको  बाहुल्यता  थियो र अहिले पनि यहि समुदायको बाहुल्यता रहेको छ र  बेलाएतले पनि नेपाली हरु जसलाई गोर्खाली भन्छन र धेरै विश्वास गर्छन पनि

बेलाएती सेनामा भर्ति हुदा, ४५ के जी को ढुंगा नै बोकेर बोक्नु पर्ने कारण चाही किन ?

किनभने, नेपालबाट बेलाएती सेनामा भर्ति लादा खेरि धेरै भन्दा धेरै आबेदनमा आउछन, र   लानु पर्ने चाही धेरै अनि राम्रो बेस्ट छान्नु पर्दा, यो ढुंगाको बोक्ने पनि एक हो, किनभने गोर्खा सेनामा भर्ति भए पछी ९ महिना त जसले पनि infantry ट्रेनिंग गर्ने पर्छ  यसको लागी पनि ढुंगा बोकेर देखाउनु पनि त्यो ट्रेनिंग गर्न सक्छु भन्ने प्रमाणित पनि हो

 अनि भानिन्छ नि गोर्खा पल्टनलाई ९ महिना तालिम सकाउने बित्तिकै इराक अफगानिस्तान मा पठाउछन रे यस्तो किन ?

 होइन, त्यो गलत समाचार हो, बेलाएतमा भर्ति भए पछि धेरै प्रकारको क्याब ब्याच हरु हुन्छ हाम्रो, अहिले ब्रिगेड ओफ गुर्खाजमा हेर्ने हो भने, इन्फिन्त्री छ, इन्ग्जिनिएर छ, ब्याण्ड छ, सिग्नल छ, क्लार्क छ, सबै भन्दा पहिलो के कुरा हुन्छ भने,नौ महिनाको ट्रेनिंग भनेको इन्फिन्त्री ट्रेनिंग मात्र हो. जुन सबैले गर्नु पर्छ. त्यस पछी उनीहरु कुन कुन क्याब  ब्याचमा पर्छन उनीहरु त्यहि ब्याचमा गएर फेरी अर्को ट्रेनिंग गर्नु पर्छ, त्यहि अनुसार उनीहरुको कुन पल्टन जानी हो त्यहि पल्टन जान्छ, व्यक्ति होइन. र मेरो कुरा गर्ने हो भने  म सिग्नलको हो र मैले  १२ महिनाको टेक्निसिएन कोर्स लिए र त्यस पछी मात्र मा ब्रिटिश सेनामा भए, भर्ति हुने बित्तिकै तपाइले भन्नु भएको जस्तो एकै चोटी लडाईमा  पठाउदैन, यसको पनि एउटा चक्र हुन्छ

तपाइ  कति चोटी लडाई मा जानु भयो?

यो कुरामा चाही मा भाग्यमानी पनि भन्छु अनि अभाग्यामानी पनि किन भने, मा दुई चोटी लडाईमा जाने मौका पाए. पहिला सुरुमा म गल्फ वारमा गए, अर्को चाही अफ्रिकामा गए कंगो भन्ने देशमा

 अनि तपाई चाही गोर्खा मेजर सम्म कसरि हुन सफल हुनु भयो?

यो गोर्खा मेजर सम्मको कुरा गर्नु पर्दा चाही, भाइलाई एउटा कुरा भन्छु, म पढाईमा धेरै राम्रो थिए र मेरो परिवारहरुमा सबै जनाको पढाई राम्रो थियो. र मलाई डाक्टर बनाउन चाहन्थे तर मा भर्ति भए, अनि म बेलाएत गए पछी यति धेरै दुख गरेर पढ्नु पर्यो कि जुन अहिले तपाइलाई ब्याख्य गर्न पनि सक्दैन,मैले भन्न लागेको क हो भने, मैले जसरि अध्यन गरेर गए र त्यस्तो गाह्रो प्रतिस्पर्धामा मैले आफुलाई अब्बल बनाउदै गए अनि यहाँ सम्म पुगे

नेपाल बाट भर्ति भएर गए पछी नेपाली हरु र गोरा भर्ति हुनेहरुमा ट्रेनिंग र सुबिधामा फरक छ कि छैन?

होइन अहिले  ट्रेनिंग फरक छैन, सेवा सुबिधा, पाउने तलब पनि सबै  बराबर छ. त्यसमा अलिकति फरक’ क छ भने हामी कल्चरली अंग्रेजी भाषा नबोल्ने भएकोले हामीलाई अलि धेरै सिकाउने गर्दछ

भने पछी पहिला भएको फरक अहिले छैन?

हजुर जुन बेला सम्म हाम्रो गोर्खालीको बेस होंग्कोंग मा थियो  सन् १९९७ भन्दा पहिला, त्यति बेला सम्म चाही फरक भएको नै हो तर सन् १९९७ पछी गोर्खालीको बेस बेलाएतमा सरे पछी, यसलाई होम बेस पनि मानिन्छ त्यहि करणले पनि  सबै गोरा हरु संग बराबर’ नै छ

तपाई सिग्नलमा हुनुहुन्थ्यो, सिग्नलको काम चाही के हो? तपाई यत्रो लामो समय यसमा’ काम’ गर्नु’ भयो

  सिग्नलको एकदम ठुलो क्षेत्र छ, सिग्नल भन्नाले संचारको कुरा आउछ. म संचार प्रवाहक हो, त्यसमा पनि धेरै भाग हरु हुन्छन कोहि ओपरटर हुन्छ, उनीहरुको काम’ चाही संचार आदान प्रदान गर्ने हुन्छ, कोहि मान्छेहरु मेसिनहरु बनाउने हुन्छ,कोहि त गाडी चलाउने पनि हुन्छ. र मेरो  बारेमा भन्नु पर्दा चाही म टेली कम्युनिकेट  एन्जिनिएर् थियो,यसको मतलब टेक्निसिएन् भनिन्छ हामीलाई, जति पनि कम्युनिकेशन एक़ुइप्मेन्ट हरु हुन्छ त्यो बिग्रियो भने बनाउने  र नेटवर्कको काम  गर्ने थियो मेरो काम. जस्तै मा गल्फ वारको सन्दर्भ जोड्न चाहन्छ,गल्फ वारमा हुदा खेरि मेरो काम चाही साउदी बाट सबै समाचार युके पठाउने काम गर्नु पर्थ्यो. आवाजमा मात्र होइन डाटा सहित

जो अहिले भर्ति हुने भाई हरु छ नि उनीहरु त्यहाँ गएर पढ्न पाउछ कि पाउदैन ?

अहिले भाइहरुको लागि एकदमै मौका छ, किनभने अहिले उनीहरु जागिर खादै पढ्न पाउछन, कति त सेवामा हुदै डिग्री पनि पास गरेको छ. तर नेपालमा  O लेभेल अथवा A लेभेल गरेको हुनुपर्छ

तपाइले त धेरै जनालाई छान्नु भयो, कहिले यस्तो भएन त्यो चाही छान्नु पर्ने अर्को पो छानेछु भनेर..

त्यस्तो  चाही अहिले सम्म महसुस भएन, किनभने यो एकदम, खुल्ला, सुद्ध, प्रतिस्पर्धा हो. सबै आफैले गरेर नै माथि सम्म आउने पर्ने हुन्छ, र मैले छान्ने भन्ने कुरा चाही अन्तिममा हो. पहिला नै उनीहरुले, फिजिकल गरेको हुन्छ, इजुकेसन टेस्ट दिई सकेको हुन्छ, एकदम धेरै मार्क्स चाही त्यसमा हुन्छ, लास्टको मार्क्स भनेको अन्तरबार्ता हो, अब त्यसमा के हुन्छ  भने, हामीले चाही के हेर्थ्यो भने, यो मान्छे ब्रिगेड को लागि योग्य छ कि छैन, उसको इमान्दारिता कतिको छ, र अब हामीले छान्ने बेलामा जुन प्रकारको छानिएको छ. मैले भनेनी सबैले हेरेर बेस्ट हरु मध्ये नै छान्ने भएकोले त्यस्तो अनुभुव चाही हुदैन

हुन त यो कुरा नसोधे पनि हुन्थ्यो, त्यहि पनि तपाइलाई म यति पैसा दिन्छु मेरो छोरालाई भर्ति गराई दिनु भनेर कोहि आएको थियो? केहि अनुभव छ?

हा.. हा... यो त मेरो  चरित्रले पनि होला, म जहिले पनि आफ्नो काम जेहेन्दार पुर्बक गर्ने, लोयल्टी, आत्माविश्वास भएको मान्छे, त्यसैले गर्दा खेरि कुनै मान्छेले  मलाई त्यस्तो भन्ने आट पनि गर्न सकेन अनि मैले आट गर्ने मौका पनि दिएन किनभने यत्रो बर्ष बेलाएती सेनामा सेवा गरेर मैले आफ्नो ठाउमा इज्जत पनि कमाए, मेरो परिवारको लागि केहि हत सम्म मेरो परिवारको लागि आर्थिक रुपमा सुरक्षित पनि छु भने मेरो ईज्जत बेच्नु पनि छैन, र मेरो काम प्रतिको इमान्दारिता बेच्नु पनि छैन त्यो बुझेर पनि होला मलाई कसैले त्यस्तो कुरा गर्ने आट पनि गरेन

प्रत्येक बर्ष २०० भन्दा बढी बेलाएती सेनामा जान्छन र केहि सिंगापुर प्रहरी पनि जान्छन, सेना चाही बेलाएत मा भयो अनि प्रहरी चाही सिंगापुर तिर भयो यो फरक चाही कसरि छूटाइन्छ?

अब यस्तो छ, सिंगापुर पुलिस को सुरुवात हाम्रो ब्रिग्रेड कै मान्छेहरु गएर भएको हुनाले पहिला देखि’ नै भर्ति हुने क्रम संगै भयो र अहिले क्षेत्रिय छनौट सम्म उनीहरुको पक्रिया उस्तै उस्तै हुन्छ तर अन्तरबार्ता लिने बेलामा चाही वहाँहरुको आफ्नै मान्छेहरु आउछ. सिंगापुर बाट सिंगापुरे ओफिसर हरु आउनुहुन्छ, त्यहाँको मले ओफिसर हरु आउनुहुन्छ र वहाँले गर्नु हुन्छ. टेस्ट हरु चाही प्राय सबै बराबर हुन्छ अनि उनिहरु नै आउनुको कारण चाही के हो  भने, सिंगापुर चाही पुलिस हो भने बेलाएत चाही सेना भयो,सेनाले पुलिसको; कुरा थाहा हुन्न भने पुलिसले सेनाको कुरा थाहा हुन्न, त्यो भएर वहाँहरुले आफ्नै तरिकाले गर्नुहुन्छ र हामीहरु हाम्रै तरिकाले गर्छन

नेपालीहरु बेलाएत सरकारले उता लगे  बापत सेनाहरुले आफ्नो तलब बाट पैसा दिनु पर्छ कि पर्दैन?

त्यस्तो तिर्नु पर्छ जस्तो लाग्दैन मलाई किनभने जति हामीलाई तोकेको छ हामीले त्यहि सबै पाउछौ अब अरु माथिल्लो तह मा सरकारहरु बिच अर्को केहि कुरा भएको छन् भने, त्यहाँ सम्म कुरा मलाई थाह छैन

अब, तपाइको परिवारमा तपाई संग सबै खुशी हुनुहुन्छ र तपाई पनि तपाइको परिवारसंग खुशी हुनहुन्छ ?

हजुर भाई, यो कुरामा म एकदमै भाग्यमानी. किनभने मेरो  दुइजना छोराहरु छ जो अहिले २३ र २४ बर्ष को भए र मेरो श्रीमती लक्ष्मी. र मेरो दुवै छोराहरुले Bsc गरेको हो अहिले एकजनाले Dentist पढ्दै छन् युके मा नै र एक जनाले डाक्टर पढ्दै छन् र एउटा बाबा र आमाको लागि यो भन्दा खुशीको कुरा के हुन सक्छ? हामी’ एकदमै खुशी छौ किनभने बेलाएत मा Dentist पढ्नु र डाक्टर पढ्नु भनेको सानो कुरा होइन.  र अर्को कुरामा पनि छु जो मेरो श्रीमती लक्ष्मी गुरुङ जो हाम्रो बिहे हुनु भन्दा पहिला शिक्षिका थिए जसले बच्चाहरुलाई राम्रो शिक्षा दिक्षा दिने बाताबरण दियो र मलाई पनि धेरै माया गर्ने म श्रेय चाही म उसलाई दिन्छु मेरो बच्चाहरु राम्रो हुनुमा किनभने म त लाहुरे मान्छे प्राय घर बस्न नपाउने होइन जुन प्रकारको उसले बाताबरण को सृजना गराए यसमा मा धेरै खुशी छु र मेरो परिवार  पनि खुशी नै छन् होला जुन मैले आफ्नो जीवन काल सफलता हासिल गरे अनि जे मैले गर्न सके

जुन भाइहरु भर्ति भएर युके जादै छ २०१६/२०१७ को इन्टिक, वहाँहरुलाई केहि म्यसाज छ?

वहाँहरुलाई के भन्छु भने, पल्टन मा गए पछी एकदम गाह्रो छ भर्ति हुनु भन्दा पनि त्यसमा गएर  पद लिन, एकदम मेहेनत गर्नु होस् आफ्नो कोसिश कहिले नछोड्नुहोस्, आफुले चाही जहिले पनि उदेश्य ठुलो राख्नु पर्यो  यति बर्ष पछी म यो पोस्टमा पुग्छु भनेर, जस्तै तपाई चाही अहिले सिपाही छ भने कर्पोरल हुन्छु भन्ने उदेश्य लिनु पर्यो, कर्पोरल हुनुहुन्छ भने स्टाफ सार्जन हन्छु भने सोच्नु पर्छ, त्यो भए पछी चाही ओफिसर हुन्छु भन्ने सोच्नु पर्यो मान्छेले चाही आशा लिएर मेहेनत गर्यो भने चाही म अहिले जहाँ पुग्यो नि त्यहाँ सम्म पुग्न नसक्ने भन्ने छैन, भनिन्छ नो थिंग इस इम्पोसिबल. त्यसैले गर्दाखेरि शुभकामना दिन चाहन्छु भाइहरुलाई जो जो जादैछ यो कुरालाई बुझेर जानुस, र अन्तमा मेरो लास्ट म्यासेज के छ भने माब्रिग्रेड एकदम पुरानो मान्छे भएकोले चाही, हाम्रो इतिहास एकदम लामो  २०० बर्ष पुरानो लामो इतिहास छ जुन त्यसै बनेको होइन त्यहाँ गए पछी हाम्रो पुर्खाहरुले के के गरेका थिए कसरि हामीलाई यहाँ सम्म ल्याउन सफल भयो र अझै पनि पछीको भविष्य तपाइहरु  भर्ति भएर गए पछी तपाई हरुको हातमा रहन्छ त्यसलाई चाही निरन्तरता दिने कोसिश गर्नु होस्, हाम्रो नेपालीको शिर उच्च राख्ने कोशिश गर्नु होस् जहाँ भए पनि

अन्त्यमा तपाई अहिले भरतपुरमा  ब्रिटिश वेलफिएर अरिया प्रमुख रुपमा काम’ गर्दै हुनुहुन्छ, यस्को काम र अहिले तपाइले गर्दै रहनु भएको प्रोजेक्ट बारेमा भन्दिनु न 

हजुर, भाई अहिले मेरो पद चाही एरिया वेलफिएर ओफिसर हो म. अहिले म चितवनको भरतपुरमा छु र म चितवनमा भए पनि नारायणी अन्चल पुरै हेर्छु र नवलपरासीको आधा भाग पनि हेर्छु यो संस्थाले के गर्छ भन्दा खेरि, सबै भन्दा प्राथमिकताक साथमा के हेर्छ भन्दा वेलफिएर पेंछ्न हरुको’ ब्यवस्थ गर्छ जुन मान्छे हरु’ पहिलो विश्व युद्ध’ भयो दोस्रो बिश्व युद्ध भयो  अथवा बोर्नेयको युद्ध बेलामा भयो मले इमर्जेन्सीमा भए लडाईको बेलामा धेरै मान्छेहरु चाहिन्थ्यो तर लडाई सके पछी त्यहाँ मान्छेहरु नचाहिने भएकाले उनीहरुलाई घर पठायो कुनै आफ्नै खुशी मा आयो कुनैलाई पठायो वहाँहरुको पेंछ्न थिएन अहिले चाही त्यहि व्यक्तिहरुलाई पेंछ्न दिने काम गर्छ, अहिले त्यस व्यक्तिहरुलाई हरेक महिना १० हजार दिने काम गर्छ हामीले र वहाहरुलाई मेडिकल फ्री छ र यसरि गर्दा खेरि हामी वहाँहरुलाई प्रत्येक व्यक्तिलाई नजिक बाट हेर्ने काम गर्छ र वहांको घर घर मा गएर स्वास्थ्य अवस्था हेर्ने काम गर्छ बिशेष गरि वहा र वहांको श्रीमतीहरुको र नेपालको लागि क गर्छौ भन्दा खेरि हामी’ दुइवटा  कुरामा महत्वपूर्ण काम गरेका छौ एउटा चाही खाने पानी, हाम्रो विचार के हो भने स्वच्छ पिउने पानी भयो  भने मान्छेलाई स्वास्थ्य बनाउछ, त्यो भएर हाम्रो तर्फ बाट नेपाल भरि नै १२० वटा पानीको  प्रोजेक्ट छ अर्को कुरा चाही शिक्षा लाई एकदमै ध्यान दिएको छ किनभने जो मान्छे शिक्षित् हुन्छ त्यो मान्छेले  धेरै कुरा बुझ्छ त्यो भएर प्रत्येक बर्ष सानो ठुलो गरेर ३०० वटा स्कुललाई सहयोग गर्छौ. र अहिले मेरो क्षेत्रको कुरा गर्ने हो भने यो बर्ष ११ वटा पानीको योजना छ १० वटा स्कुलहरुको प्रोजेक्ट छ र अरु सानो सानो प्रोजेक्टहरु पनि छ र अन्त्यमा जुन स्थानमा जरुरि हामी त्यहि स्थानमा गएर यो काम हरु गर्छौ त्यहाँ भुपू हरु नै हुनु पर्छ भन्ने हुदैन तर त्यसको लागि वहाँहरुले हामीलाई सम्पर्क गर्नु पर्ने हुन्छ