Top Headlines:

कक्षा ११ को परीक्षाफल सार्बजनिक, ५१.७१ प्रतिशत उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को परीक्षाफल बिहिबार सार्वजनिक गरेको छ। आज सार्वजनिक भएको नजिताअनासर ५१ दशमलव ७१ प्रतिशत अर्थात १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएको उत्तीर्ण भएको बोर्डले जनाएको छ।

परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी थिए। यसअघि मंसिर २१ गते बोर्डले कक्षा एघारको आंशिक तर्फको नतिजा सार्बजनिक गरेको थियो ।

कक्षा ११ को परीक्षामा आँशिकसहित ३ लाख ६९ हजार ४ सय २६ परीक्षार्थी सहभागी थिए । आंशिकको नतिजा अघिल्लो मंगलबार सार्वजनिक भएको थियो । गत बर्ष सम्म नियमित र आँशिकको नतिजा एकैपटक प्रकाशित गर्ने गरिन्थ्यो ।

बोर्डका अनुसार ३३ जनाको परीक्षा रद्द गरिएको छ । परीक्षाफलबारे चित्त नबुझेमा १५ दिनभित्र लब्धांकपत्रको प्रतिलिपिसहित बोर्डमा निवेदन दिन सक्नेछ ।