Top Headlines:

उप-प्रधानमन्त्री निधिको भएको सम्पति कति छ त ?

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफूसँग पैत्रिक सम्पत्तिबाहेक भक्तपुरमा १ रोपनी १३ आना जमिन रहेको सम्पत्ति विवरण मन्त्रिपरिषदमा पेश गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आफ्नो वेबसाइटमा राखेको सम्पत्ती विवरण अनुसार श्रीमती अनामिका उपासकको नाममा रहेको यो सबै  जमीन पारिश्रमिक, भत्ता र कृषि आयबाट किनेको उल्लेख गरेका छन्।   

उनले आफूसँग २१० तोला सुन र करिब ११ लाख रूपैंया नगद तथा २८ लाख ५५ हजार रूपैंया बैंक ब्यालेन्स रहेको उल्लेख गरेका छन्।

आफूसँग भएको सुन दाइजो, पेवा र उपहारमार्फत प्राप्त भएको बताएका छन्।