Top Headlines:

गायिका सरस्वती लामाको दोस्रो गीति संग्रह उर्वशी सार्वजनिक

गायिका सरस्वती लामाको दोस्रो गीति संग्रह उर्वशी सार्वजनिक भएको छ । लामाले  उर्वशीमा पाँच गीत समावेश गरेकी छिन् । गीतहरुमा नरेश भट्टराई, कृष्ण केसी, डिम्पल लिम्ब्ु, भीम राई र बसन्त सापकोटाको शव्द रहेको छ । त्यस्तै संग्रहका गीतहरुमा बसन्त सापकोटा, स्पन्दन स्वराहाङ राई, हरि लम्साल लगायतले संगीत सिर्जना गरेका छन् । विमोचन कार्यक्रममा एउटा गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएको गीतमा लामाकै अभिनय र निर्देशन रहेको छ ।