Top Headlines:

नवलपुर क्षेत्र आज बन्दको आवहान् (विज्ञप्ति सहित )

नवलपरासीको नवलपुर क्षेत्रको सिमाङकनको विषय लाई लिएर भोलि आईतबार एक दिन नवलपुर क्षेत्र बन्दको आवहान गरीएको छ । नेपाली काग्रेसको भातृ संगठन नेविसंघ र तरुणदलको आवहानमा नवलपुर क्षेत्र लाई प्रदेश नम्बर ४ मा नै कायम गरीनुपर्ने माग गर्दै बन्दको आवहान गरीएको हो । कावासोतीमा आज पत्रकार सम्मेलन गर्दै नेविसंघका केन्द्रिय सदस्य रामचन्द्र भट्टराई आरसी तथा तरुणदल क्षेत्र नम्बर २ का सभापती राजन सुवेदीद्धारा संयुक्त हस्ताक्षरीत विज्ञप्तिमा नवलपुरको सिमा हेरफेर गरे आन्दोलनको आधिवेहरी ल्याउने चेतावनी दिईएको छ । साथै यस विषयमा काग्रेस , माओवादी तथा अन्य दल संग पनी छलफल भईरहेको भन्दै नवलपुर बासीको एकमात्र माग अन्तरीम संविधानको सिमाङकननै भएको भन्दै सबै लाई आन्दोलनमा सहभागीताको लागि आग्रह समेत गरीएको छ । पर्सी ६ गते संविधान संसोधन प्रस्ताव संसदमा पेश हुन लागेको भन्दै नवलपुर बासीको मागलाई संबोधन गर्न राजनितिक दलका नेता लाई आग्रह गरीएको छ । 

विभिन्न दलको माग भन्दै नवलपुर लाई प्रदेश नम्बर ५ मा राखीए जस्तोसुकै आन्दोलन गर्न समेत आफुहरु तयार रहेको भन्दै यस्तो कुचेष्टा नगर्न सम्बन्धित निकाए लाई सचेत समते गराईएको विज्ञप्तिमा उल्लेख छ ।