Top Headlines:

न्यूजिल्याण्डमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प, तटीय क्षेत्रमा सुनामी खतरा http://bit.ly/2fo3rQu

२०७३- न्यूजिल्याण्डमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक अध्ययनका अनुसार त्यहाँको स्थानीय समय अनुसार राति ११ बजेर २ मिनेट जाँदा क्रिस्टचर्चबाट ९५ किलोमिटर पर केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो ।

भूकम्प गएकाे दुई घन्टा पश्चात त्यहाँकाे उत्तर–पूर्वी क्षेत्रमा सुनामी समेत अाएकाे छ । सुनामी ठूलाे नभए पनि अझै केही घन्टा सुनामीकाे खतरा रहेकाे त्यहाँका अधिकारीहरुले बताएका छन् । तटीय क्षेत्रका बासिन्दालाई अधिकारीहरुले सुरक्षित रहन निर्देशन दिएकाे छ । ५ मिटर अग्लाे छालकाे सुनामी उक्त क्षेत्रमा अाउने भविष्यवाणी समेत अधिकारीहरुले गरेका छन् ।

क्रिस्टचर्चलाई केन्द्रविन्दु बनाएर सन् २०११ मा गएको भूकम्पमा परी १८५ जनाको मृत्यु भएको थियो ।
न्यूजिल्याण्ड प्रसान्त महासागरको भूकम्पीय जोखिम भएको घेरा भित्र पर्ने भएकाले त्यहाँ भूकम्प र ज्वालामूखि बिस्फोटनको जोखिम सधैं उच्च रहेको छ । 

त्यहाँको स्थानीय पत्रिकाका अनुसार भूकम्पको झट्का वेलिङटनसम्म महसुस गरिएको थियो । क्रिस्टचर्चका बासिन्दाले भूकम्पले धेरैबेरसम्म हल्लाएको बताएका छन् । भूकम्प गएर साइरनहरु बज्न थालेपछि त्यहाँ मध्यरातमा भगदौड मच्चिएको थियो ।

भूकम्पपछि अहिले पनि स–साना परकम्पहरु गइरहेका कारण मानिसहरु घरबाहिर नै बसेका छन् ।

हालसम्म भूकम्पबाट भएकाे ठूलाे क्षतिकाे विवरण भने कतैबाट अाएकाे छैन ।