Top Headlines:

सुजाताको उपचारका लागि अधिकतम ५० लाख दिने सरकारको निर्णय

मन्त्रीपरिषदको बैठकले पुर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको उपचारका लागि  ५० रू लाखसम्म दिने निर्णय गरेको छ । उनकाे उपचारका लागि अधिकतम ५० लाखसम्म दिने निर्णय अाजबसेकाे मन्त्रीपरिषदकाे बैठकले गरेकाे खेलकुदमन्त्री दलजित श्रीपालीले रातोपाटीलाई जानकारी दिए । स्तन क्यान्सरको उपचारका लागि कोइरालाले १ करोड रुपैयाँ माग गरेकी थिइन् ।

आइतबार सिंहदरबरमा बसेको मन्त्रीपरिषदको बैठकले विशिष्ट पदाधिकारीलाई जीवनभरमा एक पटकमा अधिकतम ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयले यस अघि १५ लाखसम्म उपचार खर्च दिन सकिने कार्यविधि तयार पारेको थियो । मन्त्रीपरिषदकाे बैठकले उक्त कार्यविधिलार्इ नै लत्याएर ५० लाख दिने निर्णय गरेकाे हाे । उक्त निर्णयमा स्वास्थ मन्त्री गगनकुमार थापा असन्तुष्ट देखिएका छन् ।

मन्त्रिपरिषदको बैठकले भूकम्पपछि बिस्थापित भएको शान्ति तथा निशस्त्रिकरण सम्बन्धि एसिया कार्यालय स्थापनाका लागि एक लाख ११ हजार ६ सय ८५ हजार डलर रकम छुट्याएको छ ।

त्यस्तै  एसियाली विकास बैंकबाट प्राप्त हुने २ अर्ब सहयोग रकम स्वीकार गर्ने र बैठकले जनता आवास कार्यन्वयन कार्यविधि मन्त्रीपरिषदको आर्थीक पुर्वाधार समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ ।