Top Headlines:

अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पका यी १० कुरा

यल स्टेट व्यवसायबाट बिलिनियर बनेका डोनाल्ड ट्रम्प विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। व्यापारबाट राजनीतिमा छिरेका ७० वर्षे ट्रम्प अहिलसम्मकै वृद्ध राष्ट्रपति हुन्। साथै उनी अमेरिकी इतिहासमै कहिल्यै पनि गभर्नर नभई राष्ट्रपति हुन एकमात्र व्यक्ति हुन्। विश्वकै शक्तिशाली देशका राष्ट्रपति डोनाल्ड ट्रम्पबारे १० रोचक कुरा यहाँ प्रस्तुत गरेका छौं:
व्यवसायी फुटबल टीमका मालिक

डोनाल्ड ट्रम्प खेलकुदमा औधी रुची राख्छन्। कलेज पढ्दा एथ्लेटिक खेलमा रुची भएका उनले सन् १८८३ मा अमेरिकाको व्यवसायिक फुटबल क्लब खरिद गरेका थिए। 'न्यू जर्सी जेनेरल्स' का मालिक ट्रम्पले चाहेजस्तो प्रदर्शन गर्न नसकेकोले १९८५ मा बन्द भएको थियो। कहिल्यै रक्सी नपिउने रक्सी व्यापारी
डोनाल्ड ट्रम्पले सन् २००६ मा भोड्का बजारमा ल्याएका थिए। तर, उनी आफैले भने कहिल्यै रक्सी पिएनन्। रक्सी व्यापारीले रक्सी नपिउने! यो अरुका लागि आश्चर्य भएपनि ट्रम्पमा लागू भएन। ट्रम्पलाई कसैले पिउने भनेपछि मुख बन्द। सायद उनैले नचाख्नाले पनि होला, सिंगारपटार गरेर बजारमा ल्याएको ट्रम्पको भोड्का व्यापार फस्टाएन।

बदमास बाल्यकाल

ट्रम्प बाल्यकालमा ऊर्जावान थिए। उनको उर्जा प्राथमिक र माध्यमिक विद्यालय अध्ययनका क्रममा परिवार स्कुलका लागि नै टाउको दुखाइ बन्यो। जसका कारण उनका अभिभावकले १३ वर्षमा सैन्य प्रशिक्षणमा पठाए। उपद्रो गरिरहने ट्रम्पलाई त्यहाँ अनुशासन र समाजमा घुलमिल हुने तौरतरिका सिकाइएको थियो।

खराब सह-अभिनेता
सन् २०१६ मा राष्ट्रपति पदमा निर्वाचित भएका ट्रम्पले यसअघि पनि यो पदका लागि निर्वाचन लड्ने घोषणा गरेका थिए। सन् २०१२ मा भित्रभित्रै राष्ट्रपति उम्मेदवार बन्ने तयारी गरेका उनको अभियानले गति नलिएपछि यो सत्य होइन भन्दै उनी पछि हटेका थिए।

तीन सुन्दरीका पति

डोनाल्ड ट्रम्पले ३ सुन्दरीसँग विवाह गरेका छन्। लामो समय मिस यूएस र मिस यूनिभर्सका मालिक रहेका डोनाल्डले सन् १९७७ मा नयूयोर्क मोडेल इभाना जेल्नी कोभासँग विवाह गरे। ३ ओटा सन्तानका मातापिता भएपछि १९९२ मा डिभोर्स भयो। एकवर्षपछि उनले १९९३ मा नायिका मार्ला मेलपसँग विवाह गरे। एक सन्तानकी आमा बनेकी नायिका मेलपसँग सन् १९९७ मा डिभोर्स भयो। जुन चर्चित डिभोर्स बन्यो। डिभोर्स गरेवापत ट्रम्पले मेलपलाई २ मिलियन डलर बुझाए। ट्रम्प त्यसपछि पनि एक्लो रहन सकेनन्। उनले सन् २००५ मा तेस्रो विवाह गरे २० वर्ष कान्छी मिलिनिया नउससँग। मिलिनियाबाट २००६ मा छोरा बैरन विलियम ट्रम्प छ र उनी। मिलिनिया अब अमेरिकाको फस्ट लेडी बनेकी छन्।

विवाहबीच डेट

९० को दशकमा डोनाल्ड एक महिलासित डेटमा थिए। त्यतिबेला उनी ३ सन्तानका पिता बनेका थिए। उनले डेट गर्ने महिला थिइन्, प्रख्यात सुन उत्खनन उद्योगी अन्ना निकोल स्मिथ। ती विवाहित महिलाको ड्रग ओभरडोजले गर्दा मृत्यु भएको थियो।

उर्फ 'द डोना

डोनाल्ड ट्रम्प हलिउड स्टार हुन्। उनले सन् २००७ मा हलिउड स्टार अवार्ड पाएका थिए। उनलाई त्यतिबेला 'के ट्रम्प हलिउड स्टार नै हुन् त' भनेर शंकाको दृष्टीले हेर्ने गरिन्थ्यो।