Top Headlines:

भारतीय राष्ट्रपति स्वदेश फिर्ता

राष्ट्रपति विद्या भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमण सकेर भारतीय राष्ट्रपति प्रणव मुखर्जी स्वदेश फिर्ता भएका छन्।

नेपालको तीन दिने राजकीय भ्रमण सकेर राष्ट्रपति मुखर्जी शुक्रबार साँझ विशेष विमानमार्फत स्वदेश फर्किएका हुन्। भारतीय राष्ट्रपति मुखर्जीलाई बिदाई गर्न राष्ट्रपति बिद्या भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संबैधानिक निकायका प्रमुखहरु तथा मन्त्रिगण विमानस्थल पुगेका थिए।

आज बिहान जनकपुर र पोखराको भ्रमण सकी सिधा विमानस्थल आएका राष्ट्रपति मुखर्जीलाई बिदाई गर्न राष्ट्रपति भण्डारी मुखर्जीभन्दा अगाडि पुगेकी थिईन्। बिदाई भेटमा सबैसँग हार्दिकता साथ नमस्कार गरि हात मिलाएका राष्ट्रपति मुखर्जीले प्रधानमन्त्री दाहालसँग भने अंकमाल गरी बिदाई भेट