Top Headlines:

यी हुन् भारतकी ‘चायवाली’ जो बनिन् अष्ट्रेलियाकी ‘बिजनेस वुमन अफ द इयर’

जब उप्पमा भिर्दी गत वर्षको नोभेम्बरमा एसबीएस मेलबोर्नमा तारले बनेको एउटा र्याकभरी चियाको कप हातमा बोकेर पुगिन् तब त्यतिबेला उनले ‘कम्युनिटी र बिजनेस लिडर’ बन्ने केही लक्षण देखाएकी थिइनन् ।

तर त्यसको एक वर्षपछि २६ वर्षीया उनले बिजनेस वुमन अफ द इयर २०१६ को उपाधि हात पार्न सफल भइन् । इन्डियन अष्ट्रेलियन बिजनेस कम्युनिटी अवार्ड (आइएबीसीए) ले सिड्नीमा आयोजना गरेको भव्य कार्यक्रममा उनलाई सो उपाधि प्रदान गरियो । भारतीय चियामा शौख राख्ने उनले अष्ट्रेलियामा निकै राम्रो व्यवसाय स्थापित गर्न सफल भइन् ।

दिउँसो कानूनी संस्थामा काम गर्ने उप्पमाले ‘चायवाली’ को काम दुई वर्ष अघि थालनी गरेकी हुन् । जडीबुटी र मसलामा विशेषज्ञता राख्ने उनका डाक्टर हजुरबुवाबाट उनीमा चियाको शौख सरेको हो ।

‘मेरो हजुरबुवा आयुर्वेदिक डाक्टर हुन् र उनले आफ्नो औषधालयमा आयुर्वेदिक चिया बनाउने गर्नुहुन्थ्यो । उनले आयुर्वेदिक चिया बनाउने तरिका सिकाउनुभयो ।’

‘म जता जान्छु आफै चिया बनाउँछु । मेरो परिवारले मलाई सुरुमै गर्ने अनुरोध, ‘उप्पमा चिया बनाउ है ।’ जब मेरो दाइको विवाह भयो मलाई लाग्छ मैले सबै पाहुनाको लागि हज्जारौं कप चिया बनाएँ । यति मात्र कहाँ हो र ? जब म छात्रवृत्ति पाएर अष्ट्रिया गएँ, त्यहाँ पनि मैले सबैको लागि चिया बनाएँ । मानिसलाई नजिक ल्याउने यो सजिलो तरिका थियो,’ उनले भनिन् ।

भारतीय संस्कृतिमा चियाको ठूलो महत्व हुने भएकाले उप्पमा यसलाई जताततैका मानिसहरुलाई बाँड्न चाहेको बताइन् ।
‘भारतीय संस्कृतिमा मानिसहरु चियामार्फत नजिक हुन्छन् । रमाइलो क्षणमा होस् वा दुःखदायी अवस्थामा चिया जताततै हुन्छ । मैले प्रयास गरें तर अष्ट्रेलियामा कतै राम्रो चिया पसल भेट्न सकिनँ ।’

त्यतिबेला मेरो दिमागमा बिजनेसको बिचार फुर्यो ।

‘त्यसपछि मैले चियाको व्यवसायलाई सुरु गर्ने अठोट गरें ।’

‘मेरो पारिवारिक चिया बेच्नका लागि म बजार डुल्न थालें । मेरो सबै चिया बिक्रि हुन्थ्यो र त्यसपछि मैले थाहा पाएँ मेरो ब्लेन्डमा केही नयाँ छ स्वाद छ जसले अष्ट्रेलियाको ठूलो समूदायलाई छोयो,’ उनले भनिन् ।

हजुरबुवाबाट सिकेको चियापत्ति बनाउने कलालाई अनुसरण गर्दै उनले केही चियापत्तीका प्याकेट आफ्ना नजिकका साथीभाई र परिवारलाई दिइन् । त्यसपछि उनले आफ्नो अनलाइन स्टोर खोलिन् जसमार्फत केही स्थानीय पसललाई होलसेलमा बिक्रि गर्न थालिन् । त्यसपछि उनको व्यवसायले आकाश छोयो । उनी दुई वर्षमा नै निकै सफल र चर्चित बनिन् ।
‘मैले यो व्यवसाय सम्बन्ध स्थापित गरी, सोसल मिडियामा मार्केटिङ गरी र निकै मेहनत गरी यो स्थानमा पुर्याएकी हुँ ।’

‘कफीको विकल्प खोजिरहेका अष्ट्रेलियाका नागरिकलाई यो चियाले निकै आकर्षित बनाएको छ । भाग्यवश, मेरो व्यवसायको लागि यो सही समय साबित भयो, ’ उनले भनिन् ।

उप्पमाले ‘द आर्ट अफ चाय’ भनी वर्कशपको पनि आयोजना गर्छिन् जहाँ उनी चिया बनाउने सबैभन्दा उत्तम तरिका सिकाउँछिन् ।

उनी अहिले पनि दिउँसो कानून व्यवसायीको रुपमा नै काम गर्छिन् । उनी यसलाई पूर्ण रुपमा छोड्न अस्विकार गर्छिन् । ‘चायवाली’ बन्ने उनको निर्णयलाई सुरुमा परिवारले समर्थन नगरेको उनी स्मरण गर्छिन् ।