Top Headlines:

मिसेल ओबामा हिलारीको चुनाव प्रचार

अमेरिकी ‘प्रथम महिला’ मिसेल ओबामा राष्ट्रपति चुनाव प्रचार अभियान अन्तर्गत पहिलो पटक डेमोक्रेटिक उमेदवार हिलारी क्लिन्टनसँग चुनाव र्यालीमा सँगै देखिएकी छन् ।
बीबीसीका अनुसार त्यस क्रममा मिसेलले हिलारीलाई ‘माइ गर्ल’ भनेर सम्बोधन गरिरहेकी थिइन् ।
स्विङ राज्य उपनाम पाएको उत्तरी क्यारोलाइनोमा आयोजित एक र्यालीमा एक जनसेवा, महिलाहरु तथा बालबालिकाको पक्षमा काम गर्न जनाएको प्रतिवद्धताप्रति एक अर्काको तारिफ गरेका थिए ।
मिसेल ओबामाले भनिन, “हिलारी, उनका पति (बिल क्लिन्टन) तथा मेरो पति (बाराक ओबामा) भन्दा पनि राम्रा हिसाबले तयार भएको राष्ट्रपति उमेदवार हुन ।”
दुवैले यसअघिको मतभेद बिर्सेर एक अर्कालाई आफ्नो उत्कृष्ट साथी बताएका थिए ।
बिहीवार भएको उक्त र्यालीमा मिसेल र हिलारी दुवैले दर्शकलाई उनीहरुको सम्बन्ध राजनीतिक गठजोड भन्दा पनि धेरै भिन्न भएको भरोसा दिलाउन कोशिस गरेका थिए । 
मिसेल ओबामाले भनिन्, “प्रथम महिलाको नाताले यस प्रकारको प्रचार अभियानमा भाग लिन पाउँदा एक अदभुत तथा फरक अनुभव महसुस भयो । यो भन्दा पनि धेरै चाखलाग्दो कुरा के हो भने एक पूर्व प्रथम महिलाका लागि चुनाव प्रचार गर्नु, जो कुनै बेला तपाइँकी प्रतिद्वन्द्वी थिइन ।” 
सन् २००८मा राष्ट्रपति पदमा डेमोक्रेटिक उमेदवार बन्न बाराक ओबामा र हिलारी क्लिन्टनबीच होड चलेको विषय पनि मिसेल ओबामाले क्लिन्टनमाथि अप्रत्यक्ष तरिकाबाट ध्यानाकर्षण गराएकी थिइन् ।
एकातिर क्लिन्टनले राष्ट्रपति ओबामाको वफादार रुपमा निकट भएर काम गरिन् भने अर्कोतिर उनी ओबामाको विरासतको संरक्षक बन्ने दौडमा छन । यी दुई महिलाहरुको पहिलो संयुक्त उपस्थिति एक अर्काप्रति निकै न्यानो र वास्तविक प्रतित भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
कार्यक्रमका बेला मिसेल हिलारीको तुलनामा बढी हावी भएकी थिइन् । 
मञ्चमा मिसेल ओबामा एक अभुतपुर्व वक्ता भएकी हिलारीले स्वयम् पनि स्वीकार गरेकी थिइन् । वेक फोरेस्ट युनिभर्सिटीमा आयोजित कार्यक्रममा ११ हजार मानिसको भीड जुटेको थियो । यो उनको चुनाव अभियानमा जुटेका ठूला भीडमध्ये एक भएको बताइएको छ ।
कार्यक्रममा हिलारी क्लिन्टनले भनिन, “वास्तवमा मिसेल ओबामा भन्दा बढी कोही प्रेरणादायक व्यक्ति छन् ।”  त्यसको जवाफमा मिसेल ओबामाले हिलारीतर्फ इशारा गर्दै भनिन्, “निश्चित रुपमा हिलारी पहिलो दिनदेखि सम्पुर्ण रुपले कमान्डर इन चीफ बन्न तयार छन् ।”