Top Headlines:

यो वर्षको भाइटीकाको साइत ११ बजेर ५२ मिनेटमा

यो वर्षको भाइटीकाको उत्तम साइत कार्तिक १६ गते बिहान ११ बजेर ५२ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको सोमबार बसेको बैठकले टीकाको साइत निर्धारण गरेको हो । सो दिन दिनभरी नै टीका लगाउन सकिने र अशुभ भन्ने सो दिन नहुने पनि समितिले जनाएको छ ।

यसैगरी समितिले कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार रहेको पनि जनाएको छ । जसअनुसार कार्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते कुकुरतिहार, १४ गते लक्ष्मीपूजा, गाईपूजा, १५ गते गोवद्र्धनपूजा र म्हँपूजा र कार्तिक १६ गते मंगलबार भाइटीका परेको छ ।