Top Headlines:

अमेरिकाको भावी राष्ट्रपति को ? यस्तो छ विश्लेषकको अनुमान

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका २ उम्मेदबारबीच तेश्रो तथा अन्तिम बहस सम्पन्न भएको छ ।


तेस्रो टेलिभिजन बहष सम्पन्न हुँदासम्म डेम्रोक्रयाटिक उमेद्वार हिलारी निकै अघि देखिएकी छिन् । ते्स्रो वहषमा उनले ट्रम्पलाई पछाडी पारेको अन्तर्राष्ट्रिय विश्लेषकहरुले बताएका छन् ।

 बहसमा डोनाण्ड ट्रम्पले आफूले चुनाव जितेमा अन्तराष्ट्रिय आतंकबादी संगठन आइएसलाई खत्तम पारिदिने दावी गरे । हिलारीले भने ट्रम्पलाई दुनियाँकै सबैभन्दा खतरनाक चुनावी उम्मेदवार भएको बताइन् । जवाफमा ट्रम्पले हिलारी संसारकै लागि खतरनाक भएको बताए ।


तेस्रो वहषमा यी दुई उमेद्वार एक अर्काप्रति आरोप–प्रत्यारोप गर्न पछि परेनन् ।


ट्रम्पले आफु राष्ट्रपति पदमा विजय भए अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसलाई समाप्त पार्ने बताए ।


त्यसपछि हिलारीले ट्रम्पलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कठपुतली भएको आरोप लगाएकी थिइन् । ट्रम्पले चुनावका लागि पुटिनको मद्धत लिइरहेको हिलारीको आरोप थियो ।

 जवाफमा ट्रम्पले आफूले पुटिनलाई नचिनेको बताउँदै यद्यपी रुस र अमेरिका मिल्दा केही नबिग्रिने बताएका थिए ।

अमेरिकी राष्ट्रपतिको पदका लागि चुनाव नजिकिंदै जाँदा विभिन्न प्रकृतिका चुनावी अभियान सुरु भएका छन् ।
यसैक्रममा यसैबीच अमेरिकाकी चर्चित गायिका म्याडोनाले हिलारी क्लिन्टनलाई भोट माग्दै निकै अश्लिल अफर गरेकी छिन् । उनले हिलारीलाई भोट दिनेहरुका लागिआफुले मुख मैथुन गरिदिने बताइन् ।


न्यूयोर्कको म्याडिसन स्क्वाएरमा आयोजित कमेडी पार्टीमा बोल्दै उनले भनिन्, “यदि तपाइँ हिलारीलाई मतदान गर्नुहुन्छ भने म तपाइँसँग मुख मैथुन गर्न तयार छु । मुख मैथुनमा म पोख्त छु, म तपाईंको आँखामा आँखा राखेर मुख मैथुन गरिदिन सक्छु ।”

 


म्याडोनाको यो निकै अश्लिल प्रस्ताव विवादमा पनि तानिएको छ ।