Top Headlines:

चीनको निम्तोपछि कमल थापा परिवारसहित ल्हासातिर

 

रकारको निमन्त्रणामा राप्रपा नेपालका अध्यक्ष कमल थापा धार्मिक भ्रमणमा निस्किएका छन्।

बिहान ११ बजे ल्हासातर्फ उडेका थापा भोलि सिगात्से पुग्ने छन्। त्यसपछि चीन सरकारले उपलब्ध गराएको हेलिकप्टरमा थापाले कैलाश मानसरोवरको भ्रमण  गर्ने राप्रपा नेपालका सह प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

परिवारसहित धार्मिक भ्रमणमा निस्केका थापासँग राप्रपा नेपालका कोषाध्यक्ष उद्धव पौडेलपनि त्यसतर्फ गएका हुन्। उनी कात्तिक २ गते स्वदेश फर्कने छन्।