Top Headlines:

मासु खाएपछि तातो पानी खान नभुल्नु

आर्युर्वेद चिकित्सक डा। निर्मल भुसालले दशैंमा मासुजन्य खानाहरु कम गर्नुपर्ने र दुधजन्य कुराहरुलाई बढि सेवन गर्दा राम्रो हुने टिप्स दिएका छन् । उनले खाना सेवन गरेपछि तातोपानी सेवन गर्न नभुल्न समेत आग्रह गरे ।

रिपोटर्स क्लवको कार्यक्रममा उनले आयुर्वेद चिकित्सा शास्त्र अनुसार बलि दिएपनि आफूले सेवन नगर्दा राम्रो हुने तर आँफै नखाएपनि बलि चढाउँदा यसको महत्व नै हुने दाबी गरे ।

कार्यक्रममा मौसमविद् बरुण पौडेलले मनशुन सुरु भएकोले दशैंमा छिटपिट वर्षा भएपनि मुसलधारे झरी भने नपर्ने दाबी गरेका छन् । उनले भने,‘यो मनशुन नै भएकोल साँझ विहान छिटपिट वर्षा हुने अन्दाजी छ ।’

पौडेलले आजभन्दा भोलि भन्दै विस्तारै मौसम सफा हुने विश्वास व्यक्त गरे । उनले टिकाको दिनमा काटमाडौं उपत्यकामा बादलको टुक्राटुुक्री देखिने समेत जनाए ।