Top Headlines:

भर्जिनियामा 'नेपाली फर हिलारी' क्याम्पेन हुँदै

एसियन अमेरिकन एन्ड प्यासीफिक आइसल्यान्डर्स (एएपीआई) नामक संस्थाले आगामी नोभेम्बरमा हुने रास्ट्रपतीय निर्वाचनका लागि सुरु गरेको 'नेपाली फर हिलारी' अभियानलाई तीव्र बनाएको छ।

डेमोक्रेटिक पार्टीबाट रास्ट्रपतिको उम्मेद्वार हिलारी क्लिन्टनको लोकप्रियता दिन प्रतिदिन बढ्दो छ। यसै सिलसिलामा आगामी रास्ट्रपतीय निर्वाचनमा नेपालीको ठूलो भूमिका हुने ठहर गरी एएपीआईले नोभा कम्युनिटी कलेज, भर्जिनियामा शनिबार, ८ ओक्टोबर का दिन ‘नेपाली फर हिलारी’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम बिहान ११ बजेदेखि ३ बजेसम्म संचालन हुने आयोजक एएपीआइले जनाएको छ।

‘नेपाली फर हिलारी’ नामक उक्त कार्यक्रममा भर्जिनियाका गवर्नर टेरी म्याक आउलिफ, कांग्रेस म्यान कोनोली, कांग्रेस म्यान बेयर, कांग्रेस म्यान कमिंग्स, डीसी मेयर मारियो, हनोरेबल फिलिस रान्डेल, हनोरेबल टॉम प्रेज्, क्रिस लू तथा अन्यको सहभागिता हुने पनि एएपीआईले जनाएको छ। आयोजकले सम्पूर्ण नेपाली मूलका अमेरिकीलाई उक्त कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।