Top Headlines:

नेपाली सेनाले दसैंमा राजधानीमा निःशुल्क बस सञ्चालन गर्ने

दसैंको बेला सर्वसाधारणका लागि नेपाली सेनाले राजधानीमा निःशुल्क बस सञ्चालन गर्ने भएको छ। सेनाले नवमीदेखि एकादशीसम्म काठमाडौं उपत्याकाभित्र न्यून सवारी चल्ने भएकाले सर्वसधारण व्यक्तिहरूका लागि तीन दिनसम्म आठ वटा बस सञ्चालन निःशुल्क गर्ने जनाएको हो।

प्रत्येक ६, ११ र ४ बजे भद्रकालीबाट ३० सिट क्षमताका एक एक वटा बस निःशुल्क सञ्चालन गर्ने राजधानीका विभिन्न रुटमा छुट्ने मुख्यालयले जनाएको छ। ‘अहिले रुट तोकिएको छैन, रुट केही दिनमा तोक्नेछौं,’ सैनिक मुख्यालय स्रोतले भन्यो।

त्यस्तै, दसैंको बेला आवतजावत गर्ने सैनिकहरूको सहज यात्राका लागि नेपाली सेनाले मंगलबारबाट राजधानीबाट जिल्ला–जिल्लामा बस सञ्चालन थालेको छ। मंगलबारबाट सेनाका गाडी राजधानीबाट छुट्न थालेका हुन्।

सैनिक मुख्यालयका अनुसार २३ गतेसम्मका लागि काठमाडौंबाट इटहरी, हेटौडा, दोलखा, रामेछाप, चौतारा, त्रिशुली, धादिङ, बुटवल, पोखरी, धनगढी र नारायणगढसम्म आउने–जाने बस निःशुल्क सञ्चालन थालिएको हो। सेनाका लागि छुट्याइएका बसमा प्रतिपरिवार चार जनासम्मलाई सुविधा दिइने जनाइएको छ।