Top Headlines:

प्यूठानका बाढी पीडितलाई १५ हजार दशैं खर्च

सरकारले प्यूठानका बाढी पहिरो पीडित परिवारलाई दशैं खर्चबाफत् प्रतिपरिवार १५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई पत्र पठाएर दशैं खर्चबाफत् १५ हजार रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री प्रचण्ड गत शनिबार प्यूठानको लुङ पुगेर बाढी पीडितलाई भेटेका थिए र त्यहाँ आयोजित कार्यक्रममा उनले दशैं खर्चवापत् १५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रधानमन्त्री कार्यालयका शाखा अधिकृत अर्जुन भण्डारीले हस्ताक्षर गरेको पत्रमा पीडित परिवारलाई दशैं तिहार पर्व अगावै रकम उपलब्ध गराउन गृहमन्त्रालयलाई निर्देशन दिइएको छ ।

हेर्नुहोस् प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयमा पठाएको पत्र